डडेल्धुरा | सुदूरपश्चिममा बिहीबार २७ जना कोरोनाका बिरामी थपिएका छन्। धनगढीस्थित प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा यहाँका थप २७ जनामा कोरोना पुष्टि भएको हो। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक सय ९१ पुगेको छ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी प्रयोगशालामा गरीएको परीक्षणमा बाजुराका १८ जना, कैलालीका ७ जना र बझाङका दुईजनामा कोरोना पुष्टि भएको हो।
कैलालीको गौरीगंगा नगरपालिकाका ५ का २०, २३, २३, २४, २४, २९ वर्षीय पुरुष र घोडाघोडी नगरपालिकाका ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। यस्तै बाजुराको बुढिगंगा नगरपालिकाकी ३ वर्षीया बालिका, १८, २१, २२, २६, ३६, ४० वर्षीया युवती र ४५ वर्षीया महिला तथा बूढीगंगा नगरपालिकाकै ४ दिने शिशु, १४ वर्षीय बालक, २५, २५, ३०, ४२, ५०, ५१, ५२ वर्षीय पुरुष गरी एकैदिन १७ जनामा संक्रमण देखिएको छ।
यस्तै बाजुराकै त्रिवेणी नगरपालिकाका ५० वर्षीय पुरुष, बझाङको थलारा गाउँपालिकाका ३४ वर्षीय पुरुष र बित्थडचीर गाउँपालिकाका ३० वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ। बुधबार यहाँका ६ जनामा कोरोना पुष्टि भएको थियो।
कैलालीका ५ र कञ्चनपुरका एक जनामा कोरोना पुष्टि भएको थियो। कैलालीको टीकापुर नगरपालिका १९, २३, २५, २६ र ३५ वर्षीय पुरुष र कञ्चनपुरको बेलौरी नगरपालिकाका २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो।
संक्रमितमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने १९ जना निको भएर घर फर्किसकेका छन्।