• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    रुपन्देही सामूहिक हत्याकाण्ड : सिंजालीले स्वीकार गरे अभियोग

  • वीरगंज संजाल
  • २८ जेष्ठ २०७७, बुधबार २२:५८
  • २८३७

    बुटवल । रुपन्देहीको तिलोत्तमामा पाँच जनाको सामूहिक हत्या गरेको आरोपमा पक्राउ परेका झसेन्द्र सिंजालीले अभियोग स्वीकार गरेका छन् ।

    उनीहरुले आफ्नो चरित्र हत्या गर्ने गरेका कारण त्यसबाट विक्षिप्त भई सबैलाई ठीक लगाउने योजना अनुसार हत्या गरेको उनको दाबी छ ।

    तिलोत्तमा–१० मैनहियास्थित गंगादेवी पशु फार्मका तीनजना कामदारसहित स्थानीय दुई किशोरको सोमबार राति सामूहिक हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा सुर्खेतको लेकबेंसी गाउँपालिका–५ का ३१ वर्षीय सिंजालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    फार्ममा काम गर्ने माधव मुसहर र उनकी श्रीमती जानकी लगायतले आफ्नो व्यक्तिगत चरित्रमा आक्षेप आउने गरी चरित्रहत्या गरेको र त्यसबारे गाउँमा पनि चर्चा भएपछि आफू विक्षिप्त बन्न पुग्दा सबैलाई ‘ठीक बनाउने’ सोच अनुसार घटना भएको बयान झसेन्द्रले दिएको रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले बताए ।

    जेठ २७ गते राति सबै बसेर मदिरा सेवन गरेका थियौं । सो समयमा पनि उनीहरुले आक्षेप लगाउन छाडेनन् । त्यही आक्षेपका कारण एक्कासी आवेशमा आएर उनीहरुको हत्या गरेको बयान सिंजालीले दिएका छन् ।

    अरु दिन माधव र उनकी श्रीमती छुट्टै घरमा सुत्ने गरेपनि त्यसदिन हत्या गर्ने योजना अनुसार सिंजालीले भैंसी गोठमै बोलाएर मदिरा खुवाएका थिए । ‘सुरुमा सबै जनालाई लठ्ठीले हिर्काएर अचेत बनाएको र फरुवाले हानेर ज्यान लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’ घटनाको अनुसन्धानमा संलग्न प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरक्षिक राजकुमार वैदवारले भने ।

    सिंजालीले केही दिन अगाडि मुसा मार्ने विष समेत किनेर राखेको खुलेको छ । अभियुक्त सिंजालीलाई जिल्ला अदालत रुपन्देहीबाट कर्तब्य ज्यान मुद्दामा एक हप्ता म्याद थप गरी अनुसन्धान भइरहेका छ भने मृतकहरुको भिसेरा र रगतको नमुना संकलन गरी प्रहरी विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाउन लागिएको वैदवारले जानकारी दिए ।

    मृतकहरको शवलाई पोष्टमार्टम गरेर परिवारको जिम्मा लगाइएको रुपन्देही प्रहरी प्रमुख थापाले बताए ।

    तिलोत्तमा–१० मैनहियास्थित कृष्णबहादुर पुन र रामबहादुर पुनको गंगादेवी पशु फार्ममा कार्यरत रूपन्देही सैनामैना–५ दरखासीका ४० वर्षीय माधव मुसहर, उनकी श्रीमती ३५ वर्षीया जानकी, फार्ममै बस्ने रमेश भन्ने पोषराज मुसहर र स्थानीय १५ वर्षका करुण चौधरी र १६ वर्षका आशिष थारुको जेठ २७ गते राति हत्या भएको थियो ।

    सिंजाली उक्त फर्ममा काम गर्नुअघि तिलोत्तमा–११ कै शिवपुरस्थित गंगा पशु तथा कृषि फार्ममा श्रीमतीसँग काम गर्थे ।

    उनकी श्रीमती मदिराको लतमा फसेकाले बारम्बार झगडा गर्ने गरेकाले काम प्रभावित भएको भन्दै फार्म सञ्चालकले कामबाट निकालिदिएका थिए ।

    पाँच जनाको हत्यामा अहिलेसम्म सिंजाली बाहेक अरुको संलग्नता वा योजनाको कुनै संकेत नभेटिएको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑