• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सडकमा पनि आफ्नो आवाज राख्‍न नपाउनु ? भएन नि सरकार !

  • वीरगंज संजाल
  • २७ जेष्ठ २०७७, मंगलवार १८:११
  • २०७३

    हो, आज हामी युवाहरू स्वस्फुर्त भेला भएर सरकारलाई विनम्रतापूर्वक आफ्ना कुरा राख्दै सचेत पनि गराएका हौँ। हामी कुनै समुह र पार्टीका कार्यकर्ता होइनौं, हामी देशका युवा सपुत हौँ। देशप्रेम हामीमा पनि छ।

    सरकारको कामको फल हामीले पनि महसुस गर्न पाउनुपर्छ। सरकारका राम्रा कामको समर्थन र नराम्रा कामको विरोध गर्न पाउनु पर्छ । छोटो समयको लागि, हाम्रो दबाबपूर्ण आवाज सरकारले सुनोस् र अबका दिनमा गल्ती नदोहोर्याओस् भन्ने हाम्रो चाहना हो।

    हामी सामाजिक दूरी कायम राखेर, मास्क लगाएर, आफ्नो झोलामा स्यानिटाइजर बोकेर भद्र रूपमा जम्मा भएर आफ्ना कुराहरू राख्दा आखिर प्रहरीमार्फत सरकारले हामीलाई बल प्रयोग गरेरै छाड्यो।

    धेरै संचारमाध्यमले खिचेका भिडियो र तस्विरहरूले बोल्छन् सरकार भन्दा हामी युवाहरू कति सुसंस्कृत, सभ्य र संयम भएर आन्दोलनमा थियौं भन्ने महसुस भयो। किनभने हामी ढुंगामुढा गरेर, अपशब्द बोलेर अभद्र तरिकाले उपस्थित भएका थिएनौं।

    सरकार यति हतास र आक्रामक हुनु जरुरी थिएन शायद, तर भइदियो । सरकार प्रति दयाको भाव उत्पन्न भयो । हाम्रो सरकार कति कमजोर रहेछ झै लाग्यो ।

    सरकारले थोरै समय पनि हाम्रा कुरा सहन गर्न सकेन है ?

    सरकार प्रतिनिधिसभाको कक्षमा मात्र सीमित हो ?

    सरकारले के बोल्यो, कस्तो बजेट ल्यायो ?

    केमा कति खर्च बतायो ?

    कोरोना परीक्षण र ७८ दिनको लामो लकडाउनमा के रणनीति तयार गर्यो ?

    आगामी दिनमा के गर्दैछ ?

    हामी जान्न चाहन्थ्यौं।  युवाले बुझेका छैनन् र सरकारको कमजोरी, भ्रष्टाचार अनि एकोहोरो अनियमितता ?

    जे कुरा सरकारले बोल्यो, गर्यो, देखायो र युवालाई ठिक लागेन अनि हामी सडकमा आएका हौँ। हाम्रा कुरा धैर्यपूर्वक सुनेर सम्बोधन गर्नुको सट्टा बल प्रयोग गरेर प्रहरीमार्फत हामीलाई तितरबितर पार्यो।

    कति साथीलाई समातेर लग्यो। तर, हामी सबैको आवाज थियो – १    कोरोना परिक्षणको क्रममा आरडीटी परीक्षण मात्र गरेको छ पिसिआर परीक्षण राम्रोसँग सबैतिर भएको छैन त्यसलाई बढाऊ।

    संक्रमितहरुको संख्या थाहा पाउन आरडिटीले होइन पिसिआर परीक्षण गर्नुपर्छ, जसलाई डब्लुएचओले समेत प्रमाणित गरिसकेको छ। २   क्वारेन्टाइन र भेन्टिलेटरको उचित व्यवस्था अझै छैन त्यसलाई बढाऊ। क्‍वारेन्टाइनमा बस्नेको हालत सबैले देखेका छौं ।

    तर १० अर्ब खर्च के मा भयो ? ३    खर्चको पारदर्शिता बनाउ। ४    लकडाउन खोल्नु मात्र समाधानको उपाय होइन तर ७८ दिनसम्म जनतालाई घरभित्र राखेर सरकारले के रणनीति अपनायो ? मोडालिटी के बनायो ? सबैलाई बुझाऊ।

    ५    दैनिक मजदुरी र ज्यालादारी गरेर खानेलाई व्यवस्थापनका साथ लकडाउन खुल्ला गर। ६    स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सेवामा खट्ने व्यक्तिलाई पहिले पिपीई उपलब्ध गराऊ।

    ७    आप्रवासी नेपालीहरूको उद्दार गर। ८    सरकार तिम्रो बजेटको आफैं मूल्यांकन गर। ९    तिम्रो परिपाटी देखि हामी उदासिन छौं आफ्नो अक्षमताको स्वीकार गर र सुधार गर ।

    १०  हाम्रा कुरा सुन, सम्बोधन गर, के नराम्रा कुरा राख्यौं हामीले ? सक्दैनौ त राजीनामा गर। (बालुवाटार स्थित प्रधानमन्त्री निवास अगाडि प्रदर्शनमा उत्रिएका युवाहरुमाथि आज प्रहरीले हस्तक्षेप गरेको थियो । सो जुलुसमा सहभागीको ब्लग बाट)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑