• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अचानक कसरी खुल्यो वीरगञ्ज बजार ?

  • वीरगंज संजाल
  • २६ जेष्ठ २०७७, सोमबार २०:४९
  • ६९८९

    वीरगञ्ज । लामो समयदेखिको बन्दाबन्दीको असर वीरगञ्ज बजारमा पनि परेको छ । अति आवश्यकीय वस्तुहरुको सहज आपूर्ति सहज हुन सकेको छैन । त्यसैले जिल्लाका उद्योगी, व्यवसायीहरुले कोभिड–१९ को संक्रमण नफैलिने गरी व्यवस्थाय सञ्चालनको व्यवस्था मिलाई दिन प्रशासनलाई अनुरोध गरे ।

    स्थानीय प्रशासनले २३ जेठदेखि लागू हुनेगरी जोर–विजोर प्रणालीमा व्यवसाय सञ्चालन गर्न पाउने निर्णय गर्‍यो ।

    तर स्थानीय प्रशासनले सोचे अनुसार निर्णय कार्यान्वयन हुन सकेन । बजारमा अत्याधिक मात्रामा भिड देखियो । बजार खुलेपछि सवारी साधन समेत चल्न थाले । सामाजिक दुरीको पालना भएन । मानिसहरु मास्क समेत प्रयोग नगरी बजार निस्केपछि प्रशासनले जेठ २१ गते गरेको निर्णय मध्ये बुँदा नम्बर ५ र ६ मा उल्लेखित व्यवसाय सञ्चालन गर्न दिने निर्णय खारेज गर्‍यो ।

    निर्णय कार्यान्वयन गर्न व्यापारीको जुन किसिमको सहयोगको जरुरी थियो, त्यो नपाएपछि स्थानीय प्रशासन आफैंले गरेको निर्णयबाट पछाडि हट्नु पर्‍यो । निर्णयको बुँदा नम्बर ५ मा रेडिमेड कपडा, कस्टमेटिक, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, आदिका पसल जोर गते तथा हार्डवेयर, साइकल, मोटर तथा मोटर पार्टस, अटोवक्र्स, भाँडा वर्तन, सुनचाँदी, फर्निचर तथा अन्य पसल बिजोर गते बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्ने उल्लेख थियो । पछिल्ला दिनमा बजार नखोल्ने निर्णय कार्यान्वयन गराउन प्रशासनलाई हम्मे हम्मे परेको छ ।

    आइतबार पनि बजार खुल्यो, भिडभाड बढेपछि बजार बन्द गराउन सुरक्षाकर्मीलाई सास्ती नै भोग्नु पर्‍यो । सोमबार बिहान ११ अचानक बजार खुल्न थाल्यो । वीरगञ्जको मुख्य बजार क्षेत्र, घण्टाघर, माईस्थान, आदर्शनगर क्षेत्रमा कपडा, जुत्ता, चप्पल, किरानाका पसल धमाधम खुल्न थाले ।

    बजार खुलेको दृश्य र मानिसको भिडभाड हेर्दा पर्सामा लकडाउन हटिसकेको जस्तो भान हुन्थ्यो । व्यापारीहरुले प्रशासनसँगको सहमतिमै बजार खुलेको बताइरहेका थिए । तर बजारमा सामाजिक दुरी पालना भइरहेको थिएन । कतिपय मानिसहर मास्क नलगाई बजार डुलिरहेका देखिन्थे । स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको देखिँदैनथ्यो ।

    वीरगञ्जमा रेडिमेड कपडाको पसल सञ्चालन गर्दै आएका सुरज गुप्ताले उद्योग वाणिज्य संघबाट पत्र आएपछि बजार खुलेको बताए । ‘हामीले आफैंले खोल्ने भए त बिहान ९/१० बजे नै खोल्ने थियौं, हैन र ?,’ उनले भने, ‘उद्योग वाणिज्य संघबाट पत्र आएकोले ११ बजेपछि सबैले पसल खोलेका हुन् ।’

    वीरगञ्ज उद्योग वाणिज्य संघले सोमबार एउटा अनुरोध पत्र जारी गरेको छ । पत्रमा आलोपालो बजार सञ्चालन गर्दा व्यवसायी र ग्राहकहरुले अपनाउनुपर्ने प्रावधान अनिवार्य रुपमा कडाइका साथ अबलम्बन गर्नु पर्ने उल्लेख गर्दा पनि अटेर गरेको उल्लेख छ । ‘सूचना वीरगञ्ज बजारका सबै ठाउँमा सम्प्रेषित गर्दा गर्दै पनि न त व्यवसायीले मापदण्ड अनुरुप कार्य गरेको देखियो न त ग्राहक महानुभावहरुले नै पालना गरेको पाइयो । २३ गतेदेखि सञ्चालनमा आएको बजार २५ गते नै बन्द गर्नुपर्ने बाध्यकारी स्थिति भयो ।’ संघले जारी गरेको पत्रमा उल्लेख छ ।

    झण्डै तीन महिना लामो लकडाउनका कारण व्यापार व्यवसाय संकटग्रस्त बन्न पुगेकोले राहत हुने गरी गरिएको निर्णय कार्यान्वयनमा व्यवसायीले साथ दिनुपर्ने पत्रमा उल्लेख छ । सोमबारबाट पुनः वीरगञ्ज बजार जोर–बिजोर प्रणालीमा सञ्चालनमा आउने तर प्रशासनबाट जारी भएको आदेश एवं सूचना तथा स्वास्थ्य सुरक्षा सतर्कता सम्बन्धी मापदण्ड पूर्ण पालना गरी व्यवसाय सञ्चालन गर्न पत्रमार्फत सरोकार सबैपक्षसँग अनुरोध गरिएको छ ।

    वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले लकडाउनका कारण मर्कामा परेका व्यापारीलाई आलोपालो बजार खोल्दा नै राहत हुने देखेर त्यसो गरिएको बताए । ‘लकडाउनले गर्दा व्यापार व्यवसाय ठप्प छ, लामो समय वितिसकेको र विकल्प नआउँदा व्यपारीहरु उकुसमुकुसको अवस्थामा छन्,’ उनले भने, ‘आलोपालो प्रणालीमा बजार खुलाउँदा सबैलाई राहत हुन्छ भनेर त्यस्तो निर्णय गरेका हौं । बरु स्वास्थ्य सुरक्षा सतर्कता अपनाउनका लागि प्रशासनले सहयोग गर्नुपर्छ ।’

    प्रशासनले गरेको निर्णय अटेर गरेको नभई अहिलेको आवश्यकता र समग्र व्यापारी तथा उपभोक्ताको हितका लागि आलोपालोमा जाने निर्णय भएको हुँदा सबै पक्षले अस्वभाविक भिडभाड हुन नदिन सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बजारको विषयमा जेठ २३ गतेपछि कुनैपनि निर्णय नभएको बताउँछन् । ‘स्वास्थ्य सुरक्षा सतर्कता नअपनाएपछि बजार बन्द गर्ने निर्णय भएको हो । त्यसपछि हामीले कुनैपनि निर्णय गरेका छैनौं,’ सहायक प्रजिअ बस्नेतले भने, ‘केन्द्रबाट अर्को निर्णय नआउँदासम्म बजार बन्द नै राख्ने भन्ने नै छ ।’

    उनले पर्सामा संक्रमणको केस देखिने क्रम नरोकिएकोले थप स्वास्थ्य सुरक्षा सतर्कता अपनाउनुपर्ने आवश्यकता रहेको बताए ।onlinekhabar

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    News

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑