मलेसियाको प्रहरी चौकीमा हिरासतमा रहेका एक नेपालीको मृत्यु
वीरगंज संजाल
२२ जेष्ठ २०७७, बिहीबार १४:०७
३०४१
मलेसिया | मलेसियामा प्रहरी चाैकिकाे हिरासतमा रहेका एक नेपालीको मृत्यु भएको छ । मलेसियाको स्थानीय अनलाइन पत्रीका फ्रि-मलेसिया टुडेले समाचारमा उल्लेख गरे अनुसार बर्ष ३७ को नाम धन बहादुर बताइएको नेपालीलाई ।प्रहरिले मेय महिनाको २६ तारिखमा भिसा चेकजाँच गर्दा अबैधानिक रहेको भनी पक्राउ गरेर पेटालिङजायामा रहेको जिनजाङ प्रहरि चाैकिमा जुन १० सम्मकाे लागि थप अनुसन्धानको लागी रिमान्डमा राखेका थिए ।
नेपालको ठेगाना नखुलाइएको उनको रहस्यमय तरिकाले हिरासत भित्रै मृत्यु भएको समाचारमा बताइएको छ। उक्त समाचार अनुसार जुन महिनाको २ तारिक हिरासत भित्रै रहेको बेला एक्कासि बेहाेस भेटिएका धनबहादुरलाई ।अस्पताल लैजादै गर्दा डाक्टरले मृत घाेषणा गरेका थिए । पाेष्टमार्टम रिपाेर्ट नआएसम्म मृत्युकाे कारण थाहा नभएपनि मलेसिया स्थित विभिन्न गैर सरकारी संघसंस्थाहरूले भने मृत्यु संकास्पद रहेकाे भन्दै निष्पक्ष छानबिन गर्न माग गर्दै बिराेध गरिरहेका छन् ।
विश्वमा जस्तै अहिले मलेसियामा पनि कोरोना भाइरसको माहामारी समेत चलेको हुनाले , कतै कोरोनाले नै धनबहादुरको मृत्यु भएन भन्ने स्थानीय एमजिओहरुले आसँका पनि गरेका छ्न् ।क्वालालम्पुरस्थित नेपाली दूतावासका द्धितिय सचीव प्रतीक कार्कीसंग सम्पर्क गर्दा उनले यस विषयको बारेमा मलेसियाली पक्ष वा पुलिस स्टेशनबाट कन्सुलर सूचना प्राप्त भएको र घटना बारे दूतावासले निष्पक्ष रुपमा ।छानबिन गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण समेत गराईसकेको र राजदुतावासले यस बिषयलाई एकदमै गम्भीर रूपले फलाेअप गरिरहेकाेले सत्यतथ्य बाहिर ल्याउन कुनै कसुर बाकी नराख्ने बताएका छ्न ।