समाजवादी पार्टि एकाइ समिती वडा नं १० आयोजनामा बुधबार रक्तदान कार्यक्रम सम्पन्न |
वीरगंज संजाल
२१ जेष्ठ २०७७, बुधबार १७:३९
३६४१
वीरगञ्ज । लकडाउनका कारण जिल्ला भरि रक्तदान कार्यक्रम आयोजना नभएकाले रक्त सञ्चार केन्द्र वीरगञ्जमा रगतको अभावका कारण कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
समाजवादी पार्टिका वीरगञ्ज महानगरपालिकाका कार्यपालिका सदस्य सुशिल साह कानुले रक्तदान गरि शुभारम्भ गरेको रक्तदानमा ४ महिला सहित ६६ जनाले रक्तदान गरेका छन् ।
समाजवादी पार्टि वडा नं १० का एकाइ अध्यक्ष जोगिन्द्र प्रसाद कानुको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पार्टिका जिल्ला अध्यक्ष रामनरेश यादवको प्रमुख आतिथ्य रहेको थियो ।
त्यस्तै पार्टिका महानगर कार्यपालिका सदस्य सुशिल साह कानुको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा जिल्ला सचिव तबरेज अहमद, वरिष्ठ नेता सुन्दर कुर्मी, महानगर कमिटिका अध्यक्ष इश्वर यादव, समाजवादी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष एजाज बाबु रांकी, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य निखील बरनवाल, पार्टिका नेता घनश्याम यादव, लखन कानु, सन्तोष महराठालगयातको उपस्थिती रहेको थियो ।
कार्यक्रमलाइ सम्बोधन गर्दै वक्ताहरुले रगतको अभाव भइरहेका बेला रक्तदान कार्यक्रम आयोजना गर्नु निकै सराहनीय कार्य भएको बताएका थिए ।
कोरोनाभाइरसको सङ्क्रमणलाई न्युन राख्नका लागि सामाजिक दुरी कायम गरि आवश्यक सुुरक्षा सावधानी अपनाउनका लागि वक्ताहरुले आग्रह गरेको पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादवले बताए ।