चितवन | आर्थिक बर्ष २०७७/०७८ को बजेटममा शिक्षा क्षेत्रलाई वेवस्ता गरिएको भन्दै चितवन जिल्लाका ४ बिद्यार्थी सङगठनहरुले आपत्ति जनाएका छन ।
आज ने.बि.सङघ, समाजबादी बिद्यार्थी यूनियन,मोहन बैध निकट अखिल क्रान्तिकारी र बिप्लप निकट अखिल क्रान्तिकारीले संयूक्त बिज्ञप्ति निकालेर कम्तीमा पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउन माग गरेका हुन ।
बिद्यार्थी सङगठनहरुको माग २० प्रतिशत बजेट चाहिन्छ भन्ने हो तर सरकारले ११ प्रतिशत मात्र छुट्टाएको छ तत्काल बजेटलाई सच्चाई माग पूरा गर्न बिज्ञप्तिमार्फत माग गरिएको छ ।
साथै निजि बिद्यालयलाई सामुदायिक बिद्यालयको शैक्षिक तथा भौतिक सुधारको जिम्मा दिने सरकारको निर्णय प्रति पनि सङगठनहरुले आपत्ति जनाएका छन ।
यसैबिच चितवनका निजि बिद्यालयले जेठ २१ बाट बिद्यार्थीहरुको भर्ना गरी पठनपाठन गराउने बिषयमा बिद्यार्थी सङगठनहरुले गम्भीर ध्यानकर्षण जनाईएका छन । निजि बिद्यालयका सञ्चालकहरुले रकम असुल्ने नियतकासाथ गर्ने कुनै पनि कार्य आफूहरुलाई मान्य नहुने भन्दै त्यसो नगर्न बिज्ञप्ति मार्फत ४ बिद्यार्थी सङगठनहरुले चेतावनी दिउका छन ।