बिरगंज | सन्नी चौरसिया | बाराका जीतपुरसिमरा उपमहानगरपालिका अन्र्तगत रहेको तीन वटा खोलाहरुबाट नदीजन्य पदार्थहरु निकाल्ने तीन वटा ठेकेदार कम्पनीहरुलाई आईतवार कार्वाही गरिएको छ ।
कारवाहीमा पर्नेमा जितपुरसिमरा उपमहानगरपालिकाको खोलाहरुबाट ढुङगा बालुवा, गिटी र ग्रेभल उत्खनन गर्ने ठेक्का लिएका ठेक्दार कम्पनी हेटौँडाको न्यु पाथीभारा सप्लार्यस , सिमराका श्रेष्ठ बिल्डर्सले र कलैयाका ओम सप्लार्यस रहेका छन् । जिल्ला अनुगमन तथा समन्वय समितीको बैठकले यी तीनवटै कम्पनीहरुलाई जनही एक–एक लाखको दरले जरिबाना गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिँहको नेतृत्वमा खोलाहरूको अनुगमन गर्न गएको टोलीमा प्रमुख जिल्ला अधिकारी पण्डित, बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनी, सशस्त्र प्रहरी उपरीक्षक दिगबिजय सुवेदी लगाएको सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।
त्यसैगरी शनिवार नै जिल्ला अनुगमन तथा समन्वय समितिको टिम निजगढको बकैया नदीमा पनि अनुगमन गर्न गएको थियो । स्थानीयका अनुसार ईलाका प्रहरी कार्यालय निजगढको छेउमै रहेको हैप्पी किचेन खाना घरको छतमा बसी खाना खाएर अनुगमन टिम फर्किएको र बकैया नदीमा कुनै पनि अनुगमन गर्न नगएको बताए ।
नाम नछाप्ने शर्तमा एक स्थानियका अनुसार जिल्ला समन्वय समितिको टिम र जिल्ला सुरक्षा समितिलाई ठूलै रकमको प्रलोभनमा पारी ठेकेदार कम्पनीले चलखेल भएको हुन सक्ने कुरा बताए । यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडीतसंग प्रतिकृया लिन खोज्दा पटक पटक सम्पर्क गर्दा समेत सम्पर्कमा आउन चाहनु भएन ।