कपिलवस्तु | राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ प्रयोगशालामा भएको कोरोना परीक्षणवाट ११ कोरोना संक्रमित थपिएका छन्। प्रतिष्ठानले जारी बिहीबार गरेको विज्ञप्तिअनुसार थपिएका संक्रमितमध्ये कपिलवस्तुका नौ र दाङका दुइैजना छन्।
कपिलवस्तुको विजयनगर गाउँपालिका–३ का २३ र ३० वर्ष, वडा नम्बर ५ का २६ वर्षका एकजना र विजयनगर गाउँपालिका–७ को १७, ३७, ३९, ४०, ४३ र ५२ को रहेका छन्। संक्रमितहरु सबैजना पुरुष हुन्। उनीहरु रामनरेश मावि क्वारेन्टाइनमा रहेका छन्।
यसैगरी दाङको गडवा गाउँपालिका १ को २८ वर्षीय र वडा नम्बर २ को वर्ष ४१ वर्षीय पुरुष रहेका छन्। थपिएका नयाँ संक्रमितसँगै कपिलवस्तुमा ११८ जना र दाङमा २२ जनामा कोरोना पुष्टि भएको छ। १५३ नमुनामध्ये १४२ जनाको नजिता नेगेटिभ आएको छ।