महुवनको दलित युवा द्धारा दिप प्रदर्शन गरि न्यायको लागि सरकारलाई दबाब
वीरगंज संजाल
१५ जेष्ठ २०७७, बिहीबार २०:४२
३७९३
महुवन |राजन कुमार बानिया | पिसफोर दलितस फाउन्डेसन ,नेपाल र दलित अधिकार समाज, पर्सा, नेपालको आयोजनामा महुवनको दलित अधिकारकर्मी तथा दलित युवाहरुले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनाको सत्य तथ्य छानबिनको माग गर्नका लागि दिप प्रदर्शन गरेका छन ।
आज पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा-५, महुवनमा साँझ ठिक ७ बजे रुकुम पश्चिमको घटनामा ज्यान गुमाएका प्रती श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता भएका युवाहरुको खोजी र दोषि उपर कार्वाहीको लागि सरकारलाई दबाब सृजना गर्न पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-५, महुवनमा दलित युवाहरु तथा दलित अधिकारकर्मीहरु भेला भैइ सामाजिक दुरी कायम गरि दिप प्रदर्शन गरेको छन। पिसफोर दलितस फाउन्डेसन नेपाल/ दलित अधिकार समाज, पर्सा,नेपालको अध्यक्ष मनोज राम ज्युले जानकारी दिनुभएको छ।
उक्त घटनामा संलग्न भएको आरोपमा १२ जना पक्राउ परेका छन् ।अन्तरजातीय प्रेम सम्बन्धको विवादका कारण चार जनाको ज्यान गएको र २ जना बेपत्ता भएछि देशभर विरोध स्वरुप कार्यक्रम भैइरहेको जानकारी चमार कल्याण समाज नेपाल,पर्साको उपाध्यक्ष अशोक चमारले जानकारी दिनु भएको छ।अब हुने सांकेतिक आन्दोलनको सुरुवात पनि हो । सबैले यो आन्दोलनमा सहयोग गरौ भन्दै दलित अगुवाहरु सत्य तथ्य छनविनको माग गरेका छन ।
अन्तरजातीय प्रेम सम्बन्धको विवादका कारण दुईजनाको ज्यान गएको र चारजना बेपत्ता भएछि केटी पक्षका १२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।उनीहरुलाई प्रारम्भिक अनुसन्धानका लागि नियन्त्रणमा लिएको रुकुम पश्चिम प्रहरीले जनाएको छ । शनिबार राति जाजरकोटका नवराज विक प्रेमिका लिन गाउँका १८ जना साथ लिएर रुकुमको चौरजहारी नगरपालिका–८ सोती पुगेका थिए। तर उनीहरु गाउँमा पुगेलगत्तै केटी पक्षका आफन्तसहित गाउँलेहरुले आक्रमण गरेका थिए ।
आक्रमणमा प्रेमिका लिन पुगेका नवराज विकसहित दुईजनाको मृत्यु भएको छ भने चार जना बेपत्ता छन् । मृत्यु भएका दुवैजनाको शव भेरी नदी किनारमा भेटिएको थियो ।नेपालमा दलित माथि भइरहेको विभेद , अत्याचार तथा जातीय भेदभाव तथा छुवाछूत , दलितको हत्या , कुटपिटको अन्त्य नभएमा हामी दलित अगुवा गाउँ गाउँ बाट दलित आन्दोलन गर्ने छौँ । दलित आन्दोलनको तयारी पनि गर्दैछौँ भन्ने कुरा दलित अधिकार समाज, पर्साको सदस्य सुरेन्द्र पासवान ज्युले जानकारी दिनु भएको छ।
यस दलितको न्याय , दोशिलाई कार्यवाही तथा दलितको लागि गरिएको शान्तिपुर्ण दिप प्रदर्शन कार्यक्रममा दलित अधिकार समाज, पर्सा, नेपाल/ पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष मनोज राम , अशोक राम, सुरेन्द्र पसवान , श्यामकिशोर राम , महुवनको जन प्रतिनिधि रामबालक राम , गणेश महरा, दलित युवा चन्देश्वर राम, गोविन्द राम लगाएत दलित युवाको सहभागिता रहेकोे छ।