वीरगञ्ज । पर्सामा ४ जना कोरोना संक्रमित थपिएका छन् । पर्साको पोखरीया नगरपालिकास्थित रामदेव साह कलवार स्कुल क्वारेन्टिनमा बसेका ४ जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।
पोखरीया नगरपालिका ९ घर भएका ३६, ४२, २१, ३९ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डक काेभिड हस्पिटलका कोओर्डिनेटर डा. उदयनारायण सिंहले अनलाइनखबरलाई जानकारी दिए । नारायणी अस्पतालमै उनीहरुको पीसीआर परीक्षण गरिएको थियो ।
उनीहरु चारै जना भारतबाट ९ दिनअघि भारतबाट आएकोले क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनमा ३१ जना रहेकोमा १४ जनाको थ्रोट स्वाबको नमुना संकलन गरेर जेठ १३ गते परीक्षणका लागि नारायणीस्थित ल्याबमा पठाइएको थियो । जसमध्ये ४ जनाको पोजेटिभ देखिएको जानकारी आफूले पाएको पोखरीया नगरपालिकाका नगर प्रमुख दिप नारायण रौनियारले जानकारी दिए ।
उनीहरुलाई उपचारका लागि नारायणी अस्पताल मातहत रहेको गण्डक कोभिड अस्पतालमा ल्याइएको छ ।