राैतहट । रौतहटमा कोभिड १९ का २० नयाँ संक्रमित थपिएका छन् । रौतहटको राजपुर र राजदेवी नगरपालिकाका व्यक्तिमा बिहीबार संक्रमण पुष्टि भएको हो ।
रौतहटको राजपुरमा १७ र राजदेवी नगरपालिकाको क्वारेन्टिनमा रहेका थप ३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सबै जना सम्बन्धित नगरपालिकाको क्वारेन्टिनमा रहेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । घिमिरेका अनुसार संक्रमण पुष्टि भएका सबै भारतबाट फर्किएका नेपालीहरु रहेको आएका हुन् ।
यसअघि मंगलबार २२ जनामा संक्रमण पुष्टि भएको थियो भने बुधवार ३५ जनामा संक्रमण पुष्टि भएको थियो । यससँगै रौतहटमा संक्रमित हुनेको संख्या १२५ पुगेको छ ।संक्रमितको सँख्या बढेसँगै उपचार गर्ने आइसोलेसन कक्षहरुको अभाव हुन थालेको छ । भारतबाट फर्कनेहरुको सँख्या नरोकिएकोले रौतहटमा क्वारेन्टिनको सँख्या समेत बढाउनु पर्ने अवश्यक रहेकाे घिमिरेले बताए ।