वीरगंज । सरकारले युरेनियमको व्यवसायिक उत्पादन गर्न सम्भाव्यता अध्ययन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत यस्तो कार्यक्रम अघि बढाइएको हो ।
सुन, तामा, फालम, युरेनियमको व्यवसायिक उत्पादनका कार्यक्रम अघि बढाइने अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट वक्तव्यमार्फत जानकारी दिए । यस्तै रसायनिक मलमा प्रयोग हुने फस्फोरस उत्खननबारे बैतडी र बझङमा तथा उदयपुरमा म्याग्नेसाइटको उत्खनन्को प्रक्रिया थालिने बजेटमा उल्लेख छ ।