वीरगंज । सरकारले आन्तरिक पर्यटन प्रवर्द्धन तथा पर्यटन उद्योगको रक्षा गर्न देश दर्शन कार्यक्रम सञ्चालन गर्ने भएको छ । निजामती कर्मचारी, संगठित संस्थाका कर्मचारीलाई देश दर्शनका लागि पठाइने अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
उनका अनुसार कोरोना जोखिम सकिएलगत्तै देशदर्शन कार्यक्रम सञ्चालन गरिने भएको हो। हवाई सेवा, होटेल, ट्रेकिङ, ट्राभललगायत कम्पनीलाई विविध शुल्क र ब्याजमा अनुदान दिने घोषणासमेत अर्थमन्त्रीले गरेका छन् ।रारा तालको गुरुयोजना बनाउने तथा पर्यटकीय पूर्वाधार निर्माणलाई निरन्तरता दिने उनले उल्लेख गरे ।सरकारले माध्यामिक स्तरभन्दा माथिको पाठ्यक्रममा पर्यटन विषयलाई समावेश गर्ने घोषणा समेत गरेको छ ।