वीरगन्ज | गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्याङ्जाको वालिङ ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका २६ र २२ का २ जना पुरुष तथा ३९ वर्षका का पुरुष सहित गरि ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
उनीहरु सबैजनालाई सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउने तयारी भैरहेको छ निर्देशनालयले जनाएको छ। यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ। दुई जना संक्रमित निको भएर घर फर्किएका छन्।