• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    रिसोर्टमा युवतीको शंकास्पद मृत्यु, प्रहरी जवान नियन्त्रण

  • वीरगंज संजाल
  • १४ जेष्ठ २०७७, बुधबार २३:५४
  • २४४१

    डडेल्धुरा |  डडेल्धुरा सदरमुकाम नजिकै रहेको रातो गुराँस रिसोर्टमा एक युवतीको शंकास्पद मृत्यु भएको छ। प्रहरी जवान पदमा कार्यरत युवकसँगै रिसोर्टमा बास बसेकी उनको मृत्यु भएपछि आफन्तले उनको हत्या भएको बताएका छन्। डडेल्धुराको अमरगढी नगरपालिका ७ सल्लागाँउकी अन्दाजी २१ वर्षीय निर्मला बोहरा बुधबार बिहान रिर्सोटमा मृत अवस्थामा फेला परेकी थिइन्। उनी अमरगढी नगरपालिका ८ मा रहेको रातो गुराँस रिसोर्टको बाथरुममा कपडा झुण्ड्याउने मसिनो ह्याङ्गरमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

    डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बिहान रिसोर्टबाट जानकारी पाएपछि घटनास्थलमा पुगेको र घटनाको अनुसन्धान भइरहेको बताए। हत्या भएको आफन्ताले बताए पनि डिएसपी न्यौपानेले बोहोरोको अनुसन्धान जारी रहेको बताए। उनका अनुसार युवतीको शरीरमा बाहिरी चोट देखिएको छ। शवलाई पोष्टमार्टम गर्नका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ। जिल्लाको अजयमेरुस्थित प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रामदिन चौधरीसँगै रिसोर्टमा बास बसेकी युवतीको मृत्यु भएपछि डडेल्धुरा तनावग्रस्त बनेको छ।

    बुधबार बिहान करिब ७ बजेतिर ती युवतीका नाममा होटलमा कोठा बुक गरेपछि युवती रिसोर्टको कोठामा पुगेकी र त्यसकाे १५ मिनेटपछि ती युवक अर्थात् प्रहरी जवान युवतीको कोठामा पुगेको रिर्सोटका प्रबन्धक विष्णु भट्टले बताए। प्रहरी जवान चौधरीले सरकारी रातो रंगको मोटरसाइकल प्रयोग गरेका थिए। घटनाका सन्दर्भमा प्रहरी नायव उपरीक्षक न्यौपानले शवको पोस्टमार्टम गर्नुपर्ने र पीडित पक्षले किटानी जाहेरी दर्ता गरेपछि थप अनुसन्धान गरिने बताए। मृतक युवतीसँगै रिसोर्टमा बास बसेका प्रहरी जवान चौधरीलाई नियन्त्रणमा लिइसकेको प्रहरी स्रोतले जनाएको छ।

    मृतक युवतीका आफन्तहरूले युवतीले घरबाट आफ्ना सबै लुगा कपडा लिएर मंगलबार नै निस्केको बताएका छन्। घटनामा संलग्न जो भए कारबाही हुन्छ डिएसपी न्यौपानेले बिहीबार बिहान मात्रै शवको पोष्टमार्टम हुने जानकारी दिए। घटनाको सूक्ष्म ढंगबाट अनुसन्धान भइरहेको उनले जिकिर गरे। ‘घटनास्थलबाट मुचुल्का उठाएर ल्याइसकेका छौं। अब शव परिक्षणपछि मात्रै घटनाबारे रहस्य खुुल्ने छ’, उनले भने, ‘हत्या रहेछ भने चाहे जो सुकै होस्, दोषीलाई कारबाही हुन्छ।’ लकडाउनका बेला बन्द रहेको होटलमा भएको सो घटना निकै रहस्यमयी भएको स्थानीय बताउँछन्। मृतक युवतीका आफन्तहरुले प्रहरी जवान चौधरीका नाममा किटानी जाहेरी दिने तयारी गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑