काठमाडौं । बुधबार दिउँसोदेखि परेको पानीका कारण काठमाडौं उपत्यका जलमग्न भएको छ । यहाँका खोला नदीहरुमा ठूलो बाढी आएको छ । नदी छेउका कतिपय वस्ती डुवानमा पनि परेको छ ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ६ मूलपानीमा मनोहरा खोलामा बाढी आउँदा किनारका बस्ती जलमग्न भएको छ । सो क्षेत्रमा २ घण्टासम्म लगातार असिनासहित वर्षा भएको थियो ।