जाजरकोट | अन्तरजातीय विवाह र प्रेमको विषयलाई लिएर गत शनिबार पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा बेपत्ता भएका थप एक जना मृत अवस्थामा फेला परेका छन् ।
भेरी नगरपालिका ११ कुदुका लोकेन्द्र सुनारको सव घटनास्थलदेखि करीव १० किलोमिटर तल कुदु नजिक भेरी नदीको खोचमा फेला परेको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताए ।लोकन्द्रको सव स्थानियले फेला पारेका हुन् ।
योसँगै मृतकको संख्या चार पुगेको छ । दुई जना अझै हराइरहेका छन् । भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन् । भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको सव यसअघि नै फेला परेको थियो ।