बीरगन्ज | कोरोना भाइरसबाट संक्रमित भइ गण्डक अस्पतालमा उपचार गराइरहेका २१ जना केहि बेरमै डिस्चार्ज हुने भएका छन ।अस्पतालमा ३० जना संक्रमित रहेकोमा २१ जना १० दिनमै संक्रमण मुक्त भएपछि उनीहरुलाई डिस्चार्ज गर्ने तयारी भइरहेको बीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले बताए ।
अस्पतालमा ३० जना संक्रमित रहेकोमा २१ जना संक्रमण मुक्त भएपछि उनीहरुलाई डिस्चार्ज गर्ने तयारी भइरहेको गण्डक अस्पतालका संयोजक डा उदयनारायण सिंहले बताए ।डिस्चार्ज हुनेमा १५ पुरुष र ६ महिला रहेका छन् । कोरोनालाई जित्दै डिस्चार्ज हुनेमा १६ वर्षभन्दा कम उमेरका तीन बालबालिका समेत रहेका छन् ।पर्साकै नारायणी अस्पतालमा उपचार गराइरहेका ७२ जना संक्रमित यसअघि नै डिस्चार्ज भइसकेका छन् ।