वीरगंज | माध्यमिक शिक्षा परीक्षा (एसईई) तत्काल सञ्चालन गर्न सकिने अवस्था नरहेको प्रधानमन्त्रीले केपी शर्मा बताउनुभएको छ ।एसईईमा ढिलाइ हुँदा एउटा शैक्षिक सत्र नै खेर जाने जोखिम भएकाेले यसलाई सम्बोधन गर्न शिक्षा मन्त्रालयले योजना बनाइरहेको र केही दिनमा टुङ्गो लाग्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
एसईईबारेमा के गर्ने भन्ने विकल्प मन्त्रालयले नै तयार पार्ने उहाँको भनाइ छ । उहाँले अन्य कक्षाहरु भर्चुअल रुपमा सञ्चालन भइरहेको र अझै बढाउनुपर्ने पनि बताउनुभयो । काेराेना भाइरसकाे कारण नेपालमा लकडाउन बढिरहँदा एसईई के हुने हाे भनेर अभिभावक तथा विद्यार्थीमा चिन्ता बढिरहेकाे छ ।