ईदको पावन अवसरमा अल्लाहले वीरगंजबासीलाई खुसियाली दिए ः सांसद यादव
वीरगंज संजाल
१२ जेष्ठ २०७७, सोमबार २१:०४
३५९९
वीरगंज,पर्सा क्षेत्र नं. १ बाट निर्वाचित तत्कालिन समाजवादी पार्टीका संघीय सांसद प्रदीप यादवले नारायणी अस्पतालमा उपचाररत २ पत्रकारसहित ४३ जना कोरोना लडाईमा जितेर डिस्चार्ज हुने भएपछि आफू खुसी भएको बताएका छन् ।
सोमबार राती समाजिक सञ्जालमा सांसद यादवले लेखेका छन,‘‘ पावन ईद पर्वको अवसरमा अल्लाह र इश्वरको कृपाले अस्पतालमा उपचाररत दुई पत्रकार मित्रसहित ४३ जानाले कोरोनासङ्ग लड़ाई जिती संक्रमणमुक्त भएर डिस्चार्ज भए संगै नारायणी अस्पताल बीरगजमा अब आम स्वास्थ्य उपचार सेवा सुचारु हुने भए पछि बिरगंजवासीलाई राहत पाउन साथ आफुलाई सकारत्मक उर्जा र खुसी प्राप्त भएको बताएका छन् ।
उनले मेरो निर्वाचन क्षेत्र भएको जिल्लामा यो सुखद खबर आएकोमा आफू धेरै नै हर्षित भएको लेख्दै डिस्चार्ज हुनु भएको सबैलाई बधाई दिएका छन् । विश्व महामारीको रुप लिएको कोरोनाको लडाईमा अहोरात्र खट्ने डाक्टर, नर्स, सफाईकर्मी लगायत सबै सहयोगीमा अभार प्रकट गर्दै सांसद यादवले यथासिघ्र नारायणी अस्पताल सर्वसाधारणको लागि सुचारु गर्न भन्दै यस पटकको ईद पर्व सदैव सम्झना भईरहने बताएका छन् ।