• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    रुकुम घटना : प्रेमिका भगाउन खोज्दा दुईले ज्यान गुमाए, चार अझै बेपत्ता

  • वीरगंज संजाल
  • १२ जेष्ठ २०७७, सोमबार १८:५७
  • २९८९

    रुकुम | रुकुम पश्चिममा अन्तरजातीय प्रेम सम्बन्धका कारण भएको दुर्घटनामा दुई युवाको ज्यान गएको छ। अन्य चार जना बेपत्ता भएका छन्। ज्यान गुमाउनेमा जाजरकोट भेरी नगरपालिका नवराज विक र चौरजहारी नगरपालिकाका टीकाराम सुनार छन्। अन्य चार बेपत्ताको खोजी कार्य जारी छ।  यस्तो छ घटना विवरण ?  जाजरकोट भेरी नगरपालिका-४ का नवराज विक रुकुम चौरजहारी नगरपालिका ८ सोती गाउँकी एक मल्ल थरकी किशोरीसँग प्रेममा थिए।

    विकले १९ जना साथीसहित केटी भगाउन खोजेपछि घटनाक्रमले विकसित रुप लिएको थियो।  केटा पक्षले केटीले बोलाएपछि आफूहरु लिन आएको बताएका थिए। तर परिवार र गाउँलेले दलितलाई छोरी लिन नदिने भन्दै धपाएका मात्र नभई कुटपिट गरी हत्या गरेर भेरी नदीमा फालिदिएका बताइन्छ।  उता केटी पक्षले भने लकडाउनको समयमा १९/२० जना आएर गाउँमा होहल्ला गरेका र गाउँलेहरुले सोधपुछ गर्दा भागदौड मच्चिएर घटना भएको दाबी गरेका छन्। जाजरकोट र रुकुम पश्चिमको सिमानाको रुपमा रहेको घटनास्थल नजिक भेरी नदी पर्छ। उनीहरु दुवैको शव भेरी नदीको किनारमा भेटिएको थियो।

    जातीय भेदभावकै कारण हत्या ! जिल्लास्थित दलित अधिकारकर्मीले उक्त घटना जातीय छुवाछुतकै कारण गराइएको दाबी गरेका छन्। दलित अधिकारकर्मी तथा संघसंस्थाले घटनाको भर्त्सना गर्दै हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन्।  राष्ट्रिय दलित आयोगका पूर्वअध्यक्ष मानबहादुर नेपालीले घटनाबारे छानबिन गरी पीडितलाई न्याय दिन राष्ट्रिय दलित आयोग र राष्ट्रिय मानव अधिकार आयोगलाई अनुरोध गरेका छन् ।

    ‘मानव समुदायलाई नै कलंकित पार्ने यस्ता घटनाप्रति सदा चनाखो हुन सम्पूर्ण उत्पीडित समुदायदाई आह्वान गर्दछु,’ उनले भनेका छन्।  त्यस्तै नेपाल दलित मुक्ति संगठनका सहइन्चार्ज समेत रहेका पूर्वमन्त्री दलजित श्रीपालीले पनि घटनामा नेपाल सरकार,  संसदीय समितिअन्तर्गत समाजिक न्याय तथा मानवअधिकार समिति, नेपाल राष्ट्रिय मानवअधिकार आयोग तुरुन्त घटनास्थल पुगी सत्यतथ्य पत्ता लगाउन माग गरेका छन्।

    नेकपाद्वारा छानबिन समिति गठन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पश्चिमले एक प्रेस नोट जारी गर्दै उक्त घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जिल्ला अध्यक्ष गोपाल शर्माद्वारा हस्ताक्षर गरिएको प्रेस नोटमा घटनाको विषयमा बुझ्न र अनुसन्धानमा सहयोग गर्न ३ सदस्सीय समिति समेत गठन गरेको जनाएको छ। जसमा नेकपा प्रदेश कमिटी सदस्य चन्द्रबहादुर विश्वकर्माको संयोजगत्वमा पुष्प बादी र भीमा थापा छन्।

    के भन्छ प्रहरी ? उक्त घटनामा मृत्यु भएका दुई जनाको मृत्युबारे अनुसन्धानपछि मात्र थाहा हुने बताएको छ। ‘दुईमध्ये एकको शव घटनास्थलभन्दा सय मिटर तल र अर्कोको २० किलोमिटर तल भेरी नदी किनारमा फेला परेको हो’, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ठगबहादुर केसीले भने, ‘दुवैको शव पोस्टमार्टमका लागि जाजरकोट अस्पतालमा राखिएको छ, रिपोर्टपछि मात्र विस्तृत थाहा हुन्छ।

    ’  केटी पक्षमा ९ जनालाई पनि रुकुम प्रहरीले आवश्यक सोधपुछका लागि इलाका प्रहरी कार्यालय चौरजहारीमा बोलाइएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट प्रहरी निरीक्षक नेतृत्वको एक टोली नै छानबिन र अनुसन्धानका लागि त्यहाँ पुगेको छ।  केटी कक्षा १० मा पढ्दै छिन्। जाजरकोटकोटबाट केटी भगाउन आएको सन्दर्भमा केटीको उमेर पुगेको थियो या थिएन भन्ने प्रश्नमा प्रहरीले उक्त विषयमा पनि बुझ्ने काम भइरहेको बताएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑