• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ मा चालु वर्षको भन्दा कम आकारको बजेट आउने

  • वीरगंज संजाल
  • ११ जेष्ठ २०७७, आईतवार १९:२४
  • ५२४५

    वीरगंज | ‘अहिले लकडाउन लम्बिदैं गएको छ ।आन्तरिक स्रोत पनि घटेको अवस्था छ र केन्द्रबाट पनि अनुदान कटौती हुने अवस्था भएकाले बजेट घटेर आउँछ’ मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठले भने । प्रदेश २ को आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा कम हुने भएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले चालू आर्थिक वर्षमा भन्दा कम आकारको बजेट ल्याउने तयारी गरेको छ ।मन्त्रालयले करिब डेढ महिना अगाडि नै चालू आबका लागि ४२ अर्बको बजेटको सिलि बनाएर मन्त्रालयहरुमा पठाइसकेको छ ।

    ‘कोरोनाको त्यति प्रभाव नभएकै समयमा त्यो सिलिङ पठाइयो’ उनले अनलाइनखबरसँग भने, ‘तर अहिले लगातार लकडाउन बढ्दै गएको र कोरोना संक्रमण पनि बढ्दै गएको अवस्थामा बजेट चालू आर्थिक वर्षमा भन्दा पनि घट्न सक्छ ।’चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको थियो । जसमा चालूतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार र पुँजीगततर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

    चालू वर्षको बजेटमा आन्तरिक स्रोतबाट १३ अर्ब ५४ करोड ३१ लाख ६९ हजार र नेपाल सरकारबाट प्राप्त हुने विभिन्न अनुदानबाट १६ अर्ब १७ करोड ७४ लाख रुपैयाँ राखिएको थियो । यस्तै गत आर्थिक वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दात ७ अर्ब ७० करोड ५० लाख ९२ हजार रुपैयाँ बजेटमा समावेश गरिएको थियो ।यस पटक कोरोना महामारीका कारण कुनै आर्थिक गतिविधि नभएको, आन्तरिक राजस्व संकलन हुन नसकेका कारण बजेट घटेर आउने उनले बताए ।

    बजेट कति आउँछ भन्ने सन्दर्भमा मन्त्रालयहरुसँग छलफल भइरहेको श्रेष्ठले बताए । उनले स्वास्थ्य र सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै बजेट निर्माण गर्नेबारेमा छलफल भइरहेको बताए । ‘बहुबर्षीय किसिमका योजनालाई फोकस गर्दै अरु सामान्य किसिमका कामहरुमा बजेट घटाउनेबारे हाम्रो छलफल भइरहेको छ’ उनले भने ।

    तालिम, गोष्ठीको शीर्षक हटाउने तयारी

    आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने तयारीमा रहेको प्रदेश २ सरकारले स्वास्थ्यमा सुधार, दरबन्दी थप, उपकरण खरिदलाई पहिलो प्राथमिकतामा राख्न लागेको छ । यसबाहेक लकडाउनको समयमा विपन्नका लागि राहत र वैदेशिक रोजगारीबाट फर्केर आउनेका लागि रोजगारी दिनेलाई पनि प्राथमिकतामा राखेको छ ।

    बजेट घट्ने अवस्था देखिएपछि सबैभन्दा बढी बजेट जाने भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट कटौती गरिने भएको छ । ‘अघिल्लो वर्ष भौतिक पूर्वाधारमा धेरै बजेट जान्थ्यो’ सचिव श्रेष्ठले भने, ‘यसबाट नै बजेट घटाएर स्वास्थ्य पूर्वाधारमा लगानी गर्नुपर्ने हुन्छ ।’सचिव श्रेष्ठले साधारण चालू खर्चसमेत घटाइने बताए । ‘यसबाहेक गाडी खरीद, भ्रमण, अनुगमन खर्च, अनुत्पादक किसिमको तालिम, गोष्ठी सबै कटौती गरिनेछ’ उनले भने ।

    वैदेशिक रोजगारीबाट फर्केर आउनेलाई श्रममूलक, उत्पादनशील काममा लगाउने गरी बजेट विनियोजन हुने उनले बताए । ‘जनशक्तिलाई उपयोग गर्दै सामाजिक पूँजी निर्माण गर्ने कामका लागि पनि बजेट विनियोजन हुन्छ’ श्रेष्ठले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न
  • पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न
  • नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न
  • वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    आईपीएलको उपाधि बेंगलुरुलाई

    मुद्दा मिलाइदिन्छु भनी एक लाख ७० हजार ठगी गर्ने पक्राउ

    कस्तो रहला आजको मौसम?

    मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका बिजेताहरु थाईल्याण्ड जाँदै

    वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    News

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    News

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    News

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑