• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाँकेको एउटै गाउँपालिकाका ११३ जनामा कोरोना स‌ंक्रमण, एक जनाको ज्यान गयो

  • वीरगंज संजाल
  • १० जेष्ठ २०७७, शनिबार २०:४५
  • ४२२०

    राँझा । राँझा नेपालमै कोरोनाको खतरा क्षेत्र बन्न पुगेको बाँकेको नरैनापुर गाउँपालिकामा एक जनाको ज्यान जानाका साथै ११३ जनामा कोरोना संक्रमण देखिएको छ।

    शनिबार मात्रै २७ जना संक्रमित थपिएका छन्। भेरी अस्पताल, नेपालगञ्जमा चाप बढेपछि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना प्रयोगशालामा पठाइएको नमूनाको परीक्षणमा बाँकेको नरैनापुरका २७ जनामा शनिबार कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

    उनका अनुसार नरैनापुरको मदरसा क्वारेन्टिनमा रहेका ६, नरैनापुर–३ को नेराप्रावि क्वारेन्टिनमा बसेका १५ र नरैनापुर–१ को नेराप्रावि क्वारेन्टिनमा बसेका ६ गरी २७ जनामा आज कोरोना पुष्टि भएको हो। यससहित नरैनापुरमा मात्रै ११३ जनामा कोरोना देखिएको छ। त्यहाँ एक जनाको मृत्यु भएको छ।

    नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि भारतीय सीमासँग जोडिएको नरैनापुरमा पहिलो पटक भारतबाट आएका आठ जनामा यही जेठ २ गते कोरोना संक्रमण देखिएको नरैनापुरमा एक हप्ताभित्र एक जनाको ज्यान जाने गरी संक्रमितको संख्या ८७ पुगेको थियो। आज २७ जना थप भएको छ।

    ठूलो संख्यामा संक्रमित भेटिएपछि जेठ ५ गतेदेखि नरैनापुर गाउँपालिकालाई पूर्णरुपमा सिल गरी सतर्कता अपनाइएको छ तर संक्रमण रोकिएको छैन। यससँगै जिल्लामा १४२ जनामा कोरोना संक्रमण भएको छ भने २१ जना निको भएर घर फर्किसकेका छन्।

    नरैनापुरमा लापार्वाहीले संक्रमण बढ्दो
    नरैनापुरमा स्थानीयवासीको लापर्वाहीले कोरोना संक्रमण बढ्दै गएको छ। संक्रमितलाई आइसोलेसन अस्पताल ल्याउनमा रोक लगाउँदा तथा क्वारेन्टिनमा अनावश्यक रुपमा हुलहुज्जत गर्दा समुदायस्तरमै कोरोना संक्रमण दैनिक रुपमा बढिरहेको छ। कोरोना भाइरससम्बन्धी समुदायस्तरमा गलत बुझाइ र पछिल्लो समयमा संक्रमित आइसोलेशनमा बस्न अटेरी गर्दा संक्रमणको जोखिम झन् बढ्दो छ।

    नरैनापुरका संक्रमितको अटेरीका कारण उनीहरुलाई समयमै आइसोलेसनमा ल्याउन समस्या हुने गरेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

    उनका अनुसार शुक्रबार पुष्टि भएका नरैनापुर ३ का संक्रमितले आइसोलेसन कक्षमा आउन नमान्दा शुक्रबार राति १२ बजे १२ जनालाई लिइएको छ भने क्वारेन्टिनबाटै फरार एक जनालाई शनिबार मात्रै फेला पारेर ल्याउन सकिएको छ। स्वास्थ्य र सुरक्षाकर्मी तथा एम्बुलेन्स चालकले आफ्नो ज्यान जोखिममा राखेर काम गरिरहँदा नरैनापुरका सङ्क्रमित र स्थानीयवासीले सहयोग नगरेको उनको भनाइ छ। नरैनापुरमा मात्रै शनिबार ८७ जना संक्रमित पुगेका छन्।

    नरैनापुरका बासिन्दा तथा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तव शिक्षा, स्वास्थ्य र सचेतनाको कमीका कारण नरैनापुरमा कोरोना सङ्क्रमण बढ्दै गएको बताउछन् । बाँकेका प्रहरी उपरीक्षक वीरबहाद्र वलीले स्थानीयवासी र अन्य सरोकार पक्षले असहयोग गर्दा नरैनापुरबाट सङ्क्रमितलाई ल्याउन पटकपटक कठिन परिस्थिति आउने गरे पनि आफूहरुले धैर्यपूर्वक काम गरिरहेको बताए । बाँकेमा सङ्क्रमितको सङ्ख्या ११६ पुगेको छ।

    संक्रमितलाई तीन ठाउँमा व्यवस्थापन
    बाँकेमा एकैपटक ठूलो संख्यामा देखिएका कोरोना संक्रमितलाई जिल्लाका तीन स्थानमा व्यवस्थापन गरिएको छ। संक्रमितलाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा मात्र आइसोलेसन अस्पताल रहेकाले नेपालगञ्जको लायन्स डेन्टल अस्पताल र कोहलपुरको पिपरीस्थित कृषि विकास तालिम केन्द्रमा थप दुई आइसोलेशन केन्द्र तयार गरी सङ्क्रमितको व्यवस्थापन गरिएको स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए।

    यसअघि नरैनापुरमा फेला परेका आठ जनालाई दाङको बेलझुुण्डीस्थित आइसोलेसन अस्पतालमा राखिएको छ। बिरामी भएकालाई आइसोलेसन अस्पताल र बिरामी नभएकालाई आइसोलेशन केन्द्रमा राख्ने नीतिका साथ संक्रमितलाई नेपालगञ्ज, कोहलपुर र खजुरामा स्थानान्तरण गरी व्यवस्थापन गरिएको फोकलपर्शन श्रेष्ठले जानकारी दिए। धेरै अट्ने आइसोलेसन अस्पताल नभएका कारण संक्रमितलाई तीन ठाउँमा स्थानान्तरण गरी उपचार सेवा प्रदान गरिएको श्रेष्ठको भनाइ छ।

    स्थानान्तरणका क्रममा नरैनपुरमा र कोहलपुरमा स्थानीयवासीले विरोध गरेका कारण केही समय ढिलाइ भए पनि संक्रमितलाई आइसोलेसन केन्द्रमा व्यवस्थापन गरिएको र सबैको स्वास्थ्यावस्था सामान्य रहेको श्रेष्ठले बताए। रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन
  • प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय
  • १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने
  • कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    हरियाली र स्वच्छ बीरगंजको अभियान १५ औँ दिनमा: सीमाक्षेत्र सौन्दर्यकरणमा सरकारी–सामुदायिक संयुक्त सहभागिता

    गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पसमा नवआगन्तुक नर्सिङ विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

    मधेस प्रदेशमा जनमत पार्टीद्वारा वीरगञ्जमा विरोध प्रदर्शन

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

    नेपालमा इन्टरनेटको नयाँ युग — 6G WiFi Router!” इन्टरनेट स्पिड ४ गुणा फास्ट हुने दाबी

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    News

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    News

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    News

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    News

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑