वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका ७१ जना कोरोना संक्रमितमध्ये ९ जना शनिबार डिस्चार्ज भएका छन् ।उनीहरुको पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको डा. उदयनारायण सिंहले जानकारी दिए ।
डिस्चार्ज हुनेहरुमा पर्सा र रौतहटका ३/३ जना, बाराका २ जना र एक जना भारतीय नागरिक रहेका छन् ।शनिबार ९ जना डिस्चार्ज भएसँगै नारायणी अस्पतालमा उपचाररत संक्रमितको संख्या ६२ रहेको छ । अन्य २५ जना संक्रमित भने गण्डक कोभिड अस्पतालमा उपचाररत छन् ।
डा सिंहका अनुसार पर्साकाे वीरगंज महानगरपालिका वडा नं. २,३, १६ का क्रमश ३०, ५०, ५१ बर्षका पुरुष, बाराकाे सिम्राैनगढ ४ का ३१ बर्षिय पुरुष, जितपुर सिमरा १ का ४३ बर्षिय पुरुष, राैतहट गुजरा नगरपालिका ५ का ३५ बर्षिय पुरुष, इशनाथ नगरपालिकाका १९ बर्षिय पुरुष, बृन्दावन नगरपालिकाका २४ बर्षिय पुरुष र एक ४२ बर्षिय भारतिय पुरुष रहेका छन् ।