• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    कर्णालीका कोरोना संक्रमितको आग्रह : ‘घाँटीमा अप्ठ्यारो भइराखेको छ, अस्पताल लैजाऊ’

  • वीरगंज संजाल
  • ९ जेष्ठ २०७७, शुक्रबार १४:१९
  • २९९३

    दैलेख | जिल्लाको आठबीस नगरपालिका-१ सात्तलाका ३५ वर्षीय युवामा कोरोना पुष्टि भयो । भारतको उत्तरप्रदेश राज्यस्थित आगराबाट जेठ १ गते गाउँ आइपुगेका ती युवामा गत सोमबार कोरोना भाइरस (कोभिड-१९) पुष्टि भयो । उनी कर्णालीका पहिलो संक्रमित हुन् ।सात्तलास्थित लक्ष्मी मावीमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका उनमा कोरोना पुष्टि भएपछि तत्कालै उद्धार गरेर अस्पताल पुर्‍याउनुपर्ने हो । तर त्यसो हुन सकेन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा शंकास्पद् देखिएको ४२ घण्टाभन्दा बढी समयपछि मंगलबार राती ९ बजे दैलेख सदरमुकामस्थित एक स्कुलको कोठामा राखेर उपचार थालियो ।

    उनलाई नारायण नगरपालिकाको तर्ताङ्ग झुप्रेसालस्थित जंगलको बीचमा रहेको सरस्वती मावीमा बनाइएको आइसोलेसनमा राखियो । अस्पताल नलगेर जंगलको बीचमा रहेको स्कुलमा लिएर राख्दा संक्रमितको मनोबल कमजोर बनेको छ ।उनले भने, ‘मलाई स्कुल होइन, अस्पताल लैजाऊ।’आफूलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि निराश बनेका उनलाई उपचार भने प्रदेश सरकारले तोकेको सुविधासम्पन्न अस्पतालमा हुन्छ भन्नेमा ढुक्‍क थिए । तर, त्यसो हुन सकेन् । अस्पताल नभई स्कुलमा लिएर राख्दा मनोबल कमजोर बनेको उनी बताउँछन् ।

    शुक्रबार अन्नपूर्णसँग टेलिफोनमा कुरा गर्दै उनले कर्णाली प्रदेश सरकारले उपचारमा आफूलाई हेला गरेको दुःखेसो पोखे । ‘मलाई बाँच्ने दृढ इच्छाशक्ति छ। तर, जंगलको बीचमा रहेको स्कुलमा राख्दा मनोबल कमजोर भएको छ,’ उनले पीडा सुनाउँदै भने, ‘म बाँच्न चाहन्छु, मलाई स्कुलमा होइन अस्पताल लैजाऊ ।’
    घाँटीमा समस्या भइरहेको उनले बताए । ‘मलाई राखिएको यो स्कुलको वरपर मान्छे गाड्ने चिहानघारी रहेछ,’ उनले भने ‘पहुँचविहीन समुदायको व्यक्ति भएकै कारण कर्णाली प्रदेश सरकारले तोकेको अस्पतालमा लैजान आलटाल गरेको छ।’

    आफू रहेको स्कुलको कोठामा बेडसहित पानी तताउने भाँडो, झुल राखिएको उनले बताए । यता स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड-१९ फोकल पर्सन थीरबहादुर रेग्मीले संक्रमित युवाको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

    उनका अनुसार संक्रमित व्यक्तिको उपचारका लागि डा. विश्वबन्धु खड्काको नेतृत्वमा २ जना नर्स, एक जना सहयोगी खटिएका छन् । एउटा एम्बुलेन्स र चालक समेत तैनाथ गरिएको उनले बताए । नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ । संक्रमित युवा रहेको कोठामा अक्सिजनको व्यवस्थापन गरिएको रेग्मीले बताए ।

    कर्णालीका पहिलो संक्रमितलाई जिल्लाको एक स्कुलमा राखेर उपचार हुँदा कर्णाली प्रदेश सरकारले तोकेका कोरोना अस्पताल बेकामे बनेका छन् । कोरोना संक्रमितको उपचारका लागि भनेर कर्णाली प्रदेश सरकारले तीनवटा अस्पताललाई तोकेको थियो ।

    गत चैत्र १३ गते बसेको कर्णाली प्रदेश मन्त्री परिषद्को बैठकले हुम्ला जुम्ला, मुगु र कालिकोट जिल्लाका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, जाजरकोट, डोल्पा र रुकुम पश्चिमका लागि चौरजहारी सामुदायिक अस्पताल रुकुम पश्चिम र प्रदेशका बाँकी दैलेख सुर्खेत रसमग्र प्रदेशका लागि प्रदेश अस्पताल सुर्खेतलाई विशिष्टिकृत अस्पतालको रुपमा स्थापना गर्ने निणर्य गरेको थियो । त्यसका लागि प्रदेश सरकारले २ करोड ५० रुपैयाँ खर्चिएको छ ।

    प्रदेश सरकारको चौतर्फी विरोध

    कर्णालीका अन्य जिल्लामा हेलिकोप्टर प्रयोग गरेर स्वाब संकलन गरिरहेको कर्णाली प्रदेश सरकारले दैलेखका संक्रमितको उद्वारमा वेवास्ता गरेको भन्दै चौतर्फी विरोध भइरहेको छ ।कर्णाली प्रदेश सरकारका मन्त्रीहरुले पहुँचको भरमा हवाई मार्गमार्फत कालिकोट, मुगु, हुम्लामा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिरहेको भएपनि संक्रमितको उद्वारमा ४२ घण्टा लगाएको र उपचारमा हेलचक्याई गरेको आठबीस नगरपालिका-१ का बिरबहादुर नेपालीले बताए ।

    संघीय सांसद पार्वती कुमारी विशुन्केले कर्णालीका कोरोना संक्रमित युवालाई तत्काल प्रदेश अस्पतालमा ल्याइ उपचारको व्यवस्था गरिनुपर्ने बताइन् । उनले संक्रमित व्यक्तिको गाउँमा सबै नागरिकको परीक्षण, उक्त क्षेत्रलाई रेडजोनमा राखेर तत्काल सिल गर्नुपर्ने उनको भनाइ छ । ‘यसबारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेटेरै ध्यानाकर्षण गराएको छु,’ उनले भनिन् ।आठबीस नगरपालिकाका उपप्रमुख दिपा बोहोराले प्रदेश सरकारले तोकेको अस्पतालमा नपठाएर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्ड विपरीत सदरमुकाममा एक कुनामा रहेको स्कुलमा राखिएको भन्दै आपत्ती प्रकट गरिन् ।एक विज्ञप्ति जारी गर्दै उपप्रमुख बोहोराले भनिन्, ‘महाविपत्तीको समयमा प्रदेश सरकारको भूमिका खेदजनक छ ।’उप-प्रमख बोहोराले प्रदेश सरकारले विभेद गरेको बताइन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ
  • हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    News

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    News

    अमला एक फाइदा अनेक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑