• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जको कोभिड संक्रमितले प्रयोग गर्ने चर्पी र बाथरुम

  • वीरगंज संजाल
  • ९ जेष्ठ २०७७, शुक्रबार १०:१९
  • ३३१३

    वीरगञ्ज । नारायणी अस्पतालको गाइनो (महिला तथा प्रसूति) वार्डमा बनाइएको आइसोलेसनमा कोरोना संक्रमितलाई राखेको १० दिन बितेको छ। यस वार्डका तीन वटा कोठामा २३ जना संक्रमितलाई राखिएको छ ।उनीहरूका लागि दुईवटा मात्रै शौचालयको प्रवन्ध छ । त्यसमध्ये एउटाको प्यान सफा छ, अर्कोको प्यान र भित्ता दुवै कालो छ ।तीन दिनअघि बी ब्लकका वार्ड प्रमुखले बन्द अवस्थामा रहेको एउटा ढोका खोले । यहाँ तीनवटा शौचालय छ । बाथरुममा ४ वटा धारा छन् । २३ संक्रमितले पालैपालो त्यसैमा नुहाउनुपर्ने बाध्यता छ। अरू दुईवटा बाथरुम सामान्य मर्मतपछि सञ्चालनमा ल्याउन सकिने अवस्थामा छन् ।

    सफाइ कर्मचारीको बदमासीका कारण अहिलेसम्म शौचालय र स्नानघर सफा हुन सकेको छैन । स्टाफ नर्स अहेमा थापाले १० दिनमा चार पटक सफाइ कर्मचारीलाई पीपीई सेट लगाएर सफा गर्न पठाइसकेकी छिन् । फर्केर उनीहरूले नर्स थापालाई सफा गरिसकेको बताउने गरेका छन् ।‘शौचालय प्रयोग गरेपछि सफा राखौं’ भनेर लेखिएको छ । सफा भए पो सफा राख्नु ?’ एक संक्रमितले गुनासो गरे ।

    तर, सफाइकर्मी भित्र पसेर त्यसै फर्किने गरेको गाइनो बी वार्ड प्रमुख बताउँछन् । ‘भन्दाभन्दा थाकिसक्यौं, सरसफाइकर्मी आउँछन्, सफा नै नगरी जान्छन्’ उनले भने ‘एकपटक सफा गरिदिनूस् अनि हामी त्यसलाई मेन्टेन गरेर राख्छौं भनेका छौं ।’सी वार्डका प्रमुख पनि शौचालयमा गरिएको सफाइप्रति सन्तुष्ट छैनन् । ‘उनीहरू आउँछन्, जान्छन्, राम्रोसँग सफा नै गर्दैनन्’ उनको भनाइ छ ।स्टाफ नर्स श्रुति साहका अनुसार अस्पतालमा महिला स्विपरलाई भुइँ सरसफाइ गर्ने र कार्यालय सहयोगीलाई माथिको भित्ता, फ्यान सफा गर्ने जिम्मेवारी दिइएको छ। हाल स्थायी र ज्यालादारीमा गरेर दुई किसिमका सरसफाइकर्मी कार्यरत छन् ।

    अस्पताल विकास समितिका स्थायी २४ जनाको दरबन्दीमा १० सिट खाली छ । ज्यालादारीमा २० जना र चार जना करारमा कार्यरत, एक जना नाइके छन् । जसमध्ये १७ जना महिला छन् ।महिलालाई संक्रमितको उपचार हुने ठाउँको सफाइमा खटाइएको छैन । १७ जना सफाइकर्मीहरू एउटै परिवारको भएकोले घरमा कुनै चाडपर्व पर्दा वा जुठो पर्दा कोही पनि नआउने समस्या छ ।स्टाफ नर्स थापा सफा गर्न पठाएको तर सफा नभएको गुनासो आएको बताउँछिन् । ‘गाइनो वार्डको आइसोलेसनबाट शौचालय र स्नानघर सफा नभएको भनी गुनासो आएपछि दिनहुँ सफा गर्नूस् भनेर पठाएको छु’ थापाले भनिन् ‘तर सफा नै गर्दैनन्, के गर्नु ? भन्दा-भन्दा थाकिसकेँ ।’

    उनीहरूलाई उचाल्ने काममा कर्मचारी संगठनका मुखियाहरूको मुख्य भूमिका रहने गरेको अस्पताल स्रोतले जनाएको छ । यस्तै विषयमा एक दिनअघि मात्रै नारायणी अस्पतालका कर्मचारी युनियनका अध्यक्ष सन्तोष सिंह र पूर्वअध्यक्ष हरि गुप्ताबीच हात हालाहाल नै भएको थियो ।पछि मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले दुवैलाई सम्झाएका थिए । उनीहरूले भने सामान्य विवाद मात्रै भएको प्रतिक्रिया दिएका छन् ।सुरेश बिडारीको सहयोगमा अन्लाईनखबर को लागी |

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत
  • पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला
  • नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा
  • भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    पार्टी पदाधिकारीलाई शेखरको प्रश्न– के कारण महाधिवेशन समयमै हुँदैन ?

    भारतबाट फर्किएका पाँच नेपालीमा कोरोना पुष्टि

    साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव

    काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद

    रोजगारी प्रतिवेदन सकारात्मक आएपछि अमेरिकी सेयर बजार उकालो

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    News

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    News

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    News

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    News

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑