• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चौबीस घण्टासम्म उठेन अस्पतालबाट कोरोना संक्रमितको शव

  • वीरगंज संजाल
  • ९ जेष्ठ २०७७, शुक्रबार ०९:३६
  • ५३७७

    बुटवल । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गुल्मी मदानेका कोरोना संक्रमितको शब चौबीस घण्टासम्म उठ्न सकेको छैन ।जेठ १ गतेदेखि अस्पतालको आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचारर गराइरहेका ४१ वर्षका विरामीलाई बिहीबार बिहान ७ बजे मृत घोषणा गरिएको थियो ।मृतकका परिवारका सदस्य ९भाइ०ले जेठ ५ गते कोरोना देखिएपछि विरामीले उपचार नै नपाएको दावी गर्दै छानबिन र न्यायको प्रत्याभूति नभएसम्म शब नबुझ्ने अडान लिएका छन् ।

    ‘जब कोरोनाको रिपोर्ट आयो, त्यसपछि दाइलाई डाक्टरले हेर्दै हेरेनन्’ मृतकका भाइको दावी छ ‘अस्पतालले राम्रोसंग उपचार गरेको भए दाइको ज्यान जाने थिएन,चरम लापरवाही भएको छ ।’बिरामीको ढाडबाट पानी निकाल्दा पनि केका लागि हो आफूहरुलाई कुनै जानकारी नदिएको भन्दै उनले ढाडबाट पानी निकालेपछि नै दाइ बेहोस भएको बताए । ढाडबाट पानी ननिकाल्दासम्म दाइको अवस्था राम्रै रहेको,पाउरोटी र दुध आफै खाएको उनले बताए ।

    कोरोना पोजेटिभ देखिएपछि आफूहरुलाई तीन दिनसम्म आइसीयूको नजिक जान नदिइएको र विरामीको अवस्थाको बारेमा कुनै जानकारी नदिइएको उनले दाबी गरे ।मदानेको पुर्कोट दहबाट सन्धिखर्कसम्म मोटरसाइकमा चढेर गएको र एम्बुलेन्समा मणिग्राम आएपछि अस्पतालको गेटबाहिरबाट इमर्जेन्सीसम्म पैदल हिंडेरै गएकाले विरामीको अवस्था त्यस्तो नाजुक नभएको मृतकका सालाले बताए ।‘कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि डरले उपचारै भएन’ उनले भने, ‘बुधबारसम्म हेर्दै नहेरी आफैहरुले मृत्युको हल्ला चलाएका हुन्, पछि समाचार आएपछि मात्रै हामीलाई आईसीयूमा लगेका हुन् ।’आईसीयू कक्षको ढोका र झ्याल पूर्णरुपमा बन्द हुनुपर्नेमा बुधबार बिहान आफूहरु हेर्न जाँदा झ्यालको शिशा खुल्लै रहेको, सोफा बांगो बनाएर राखिएको उनले बताए ।

    ‘कोरोना देखिएपछि विरामीले उपचारै नपाउने चरम लापरवाहीको अवस्था देखियो’–मृतकका भाइले भने, ‘यसको छानवीन हुनुपर्छ र पीडितले न्याय पाउनुपर्छ ।’आफूहरुले क्षतिपुर्तिको कुरा नगरेको उनले स्पष्ट पारे । दाजुलाई कोरोना संक्रमण भएको भन्नेमा पनि शंका रहेकाले पुनः परीक्षण गराउनुपरेको उनले खुलाए । तर दोस्रो परीक्षणको रिपोर्ट आइसकेको छैन । ‘गाउँमा कसैलाई पनि कोरोना देखिएको छैन, दाइ कतै जानुभएको पनि छैन’ उनले भने, ‘अनि कसरी कोरोना देखियो रु’रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बिहीबार नै शव उठाएर दाह संस्कार गर्ने भनिए पनि घाटको पनि समस्या भएकाले ढिलाई भएको प्रतिक्रिया दिए । उनले मृतकका मागका बारेमा आफूलाई जानकारी नभएको बताए ।

    क्रिमसन अस्पतालका जनसम्पर्क अधिकारी चन्द्रकान्त बस्यालले विरामीको उपचारमा कुनै बेवास्ता र लापरवाही नभएको दावी गरे । ‘यस्तो अप्ठेरो अवस्थामा हामीले सेवा दिएका छौं, फेरि पनि अस्पताललाई नै दोष दिने कुरा सरासर गलत हो’–बस्यालले भने–‘विरामीको मृत्यु भएपछि परिवारका सदस्यलाई पीडा हुनु स्वभाविक हो, तर अस्पताल र डाक्टरलाई दोष दिनु झन् ठूलो अन्याय हो ।’

    बिहीबार मृतकको दाह संस्कार बुटवलको मगरघाटमा गर्ने कुरा भएपनि घाट व्यवस्थापन समितिले नदिएपछि तिलोत्तमा– १४ को तिनाउ घाटमा गर्ने भनी सबै तयारी पूरा भएपनि रातिसम्म शब नै नआएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए ।शुरुमा ज्वरोको समस्या देखिएका मृतकले गाउँकै पोलिक्लिनिकमा चेकजांच गराएर टाइफाइडको औषधी खाएका थिए । बैसाख ३० गते राति देखि नै वान्ता भएपछि जेठ १ गते अर्घाखांचीको सन्धिखर्कस्थित छायां पोलिक्लिनिकमा जांदा जण्डिस बिग्रिएको भएको भनी रिफर गरेका थिए ।जेठ १ गते नै क्रिमसन अस्पताल आएका उनमा एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम, निमोनिया र मुटुको समस्या देखिएको क्रिमसन अस्पतालले जनाएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत
  • पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला
  • नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा
  • भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    पार्टी पदाधिकारीलाई शेखरको प्रश्न– के कारण महाधिवेशन समयमै हुँदैन ?

    भारतबाट फर्किएका पाँच नेपालीमा कोरोना पुष्टि

    साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव

    काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद

    रोजगारी प्रतिवेदन सकारात्मक आएपछि अमेरिकी सेयर बजार उकालो

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    News

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    News

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    News

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    News

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑