वीरगन्ज | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को अपडेट दैनिक गराउँदै आएको छ। नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना अपडेटको विषयमा औपचारिक जानकारी दिँदै आएका छन्।
नेपालमा अहिलेसम्म ४४४ जनामा कोरोना संक्रमण देखिएको छ। ४९ जना निको भएका छन् । तीन जनाको भने मृत्यु भएको छ ।
बिहीबार बिहान १७ नयाँ संक्रमित थपिएसँगै कोभिड-१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४४४ पुगेको हो। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित थपिएका हुन् ।बिहीबार झापा, कचनकवल गाउँपालिका-३, ६, ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७, ४६ पुरुष, धनकुटा निवासी ३४ वर्षीय पुरुष, सुनसरी र धरान उप-महानगरपालिका निवासी ५१ वर्षीया महिला रहेका छन्। पत्रकार सम्मेलन लाइभ