• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रहरीचौकी भएकै गाउँमा बीओपी ! स्थानीय भन्छन्– छाङरुमा हाेइन, कौवामा राखौं

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०७७, बिहीबार ११:४५
  • २९४९

    काठमाडौं । नेपाली भूमि अतिक्रमण गरेर भारतले मानसरोवर जाने सडक बनाएको विषयमा विरोध भइरहँदा नेपालले व्याँस–१, छाङरुमा राखेको बोर्डर आउट पोस्ट (बीओपी) को व्यापक चर्चा भयो । जब कि, त्यहाँ पहिल्यैदेखि नेपाल प्रहरीको चौकी छ ।पूर्वसचिव डा. द्वारिकानाथ ढुंगेल त्यस क्षेत्रमा २०३० को दशकदेखि नै नेपालको उपस्थिति रहेको बताउँछन् । सीतापुल र तिङ्करमा पहिलेदेखि नै प्रहरी चौकी छ ।

    २०३८ सालमा दार्चुलाको प्रमुख जिल्ला अधिकारी रहेका ढुंगेल छाङरुमा २०३४ कात्तिकदेखि नै प्रहरी चौकी रहेको बताउँछन् । ‘बीओपी स्थापनाको विरोध गर्न खोजेको बिल्कुलै होइन । तर, त्यहाँ पहिलोपटक नेपालको सुरक्षा पोस्ट पुग्यो भन्नु झूट हो’, डा. ढुंगेल भन्छन्, ‘त्यसो भन्नु भनेको त्यस क्षेत्रमा काम गरिसकेका सुरक्षाकर्मी र कर्मचारीको अनादर हो ।’नेपाली भूमि अतिक्रमण गरेर भारतीय सुरक्षाकर्मी बसेको कालापानीभन्दा करिब १३ किलोमिटर पूर्वको गाउँ हो, छाङरु ।

    ‘बीओपी कौवामा राखौं’

    सुगौली सन्धिअनुसार लिम्पियाधुरा मुहान भएको महाकाली (काली) नदी नै नेपाल र भारतको सीमा हो । सीमा समस्या समाधान हुनुअघि नेपालले कौवामा बीओपी राख्नुपर्ने ब्याँसवासीको माग छ ।ब्याँस गाउँपालिका– १ का वडाध्यक्ष अशोक बोहरा स्थानीयले पहिलेदेखि नै कौवा चौरमा चौकी राख्न माग गर्दै आएको बताउँछन् । उनका अनुसार, सीतापुलबाट करिब सात किलोमिटर पश्चिमा पर्ने कौवामा तीन सय रोपनी जति क्षेत्रफलमा फैलिएको चौर छ ।

    ‘नेपाली सुरक्षा निकायको लागि त्यो चौर निकै उपयुक्त हुन्छ भन्ने हामीलाई लागेको छ’, उनले टेलिफोनमा भने ।

    नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य रहेका दिलेन्द्रप्रसाद बडू पनि कौवा क्षेत्रमै बीओपी राख्नुपर्नेमा जोड दिन्छन् । नेपाली सुरक्षाकर्मीलाई आवश्यक सबै सुविधा उपलब्ध गराएर कौवामा बीओपी राख्नुपर्ने उनको माग छ ।

    ‘भारतले कालापानीमा जसरी आफ्नो फौज राखेको छ, हामीले त्योभन्दा बढी सुविधासहित हाम्रो सुरक्षाकर्मी तैनाथ गर्नुपर्ने देखिन्छ’ बडू भन्छन्, ‘धेरै उचाइमा रहेकाले पनि कौवाबाट सीमा निगरानी गर्नु उपयुक्त हुन्छ ।’

    स्थानीयलाई भोकमरीको चिन्ता

    विनाबर्दीका सीमा रक्षकको भूमिकामा रहेका छाङरु र तिङ्करवासीलाई यो साल खाद्यान्नको समस्या हुने देखिएको छ । अघिल्ला वर्षहरूमा जस्तै हिउँदको जाडो छल्न जिल्ला सदरमुकाम खलंगा झरेका उनीहरू यो पटक खेतीपातीका लागि वैशाख पहिलो साता गाउँ फर्कन सकेनन् ।

    ‘जेठको पनि पहिलो साता बितिसक्यो, लकडाउनले गर्दा माथि जान पाएका छैनौं’, वडाध्यक्ष बोहरा भन्छन्, ‘बाली लगाउन नपाएपछि भोकमरी लाग्ने चिन्ता बढेको छ ।’

    उनका अनुसार यसपटक सीमा विवाद चर्केका कारण भारतको बाटो भएर जान पाइने सम्भावना पनि कम छ । नेपालतिर बाटो नै छैन । ‘हामी सीमावासी दोहोरो, तेहोरो समस्यामा छौं’, वडा अध्यक्ष बोहोरा भन्छन्, ‘हाम्रो सरकारले पनि सडक बनाए आर्थिक विकाससँगै सीमा सुरक्षामा बल पुग्थ्यो ।’बीओपीमा रहने सुरक्षाकर्मीलाई छ महिना पुग्ने खाद्यान्नसहितका मालसामान हेलिकप्टरबाट छाङरु लगिएको छ । ब्याँसवासीलाई पनि यसपटक खाद्यान्न सहयोग आवश्यक पर्ने बोहोराले बताए ।सांसद बडुका अनुसार, सरकारले खाद्यान्न सहयोग नपुर्‍याए यसपटक ब्याँसका कम्तिमा १७२ परिवार भोकै पर्ने अवस्था छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑