विरगंज | थप १४ जनामा कोरोना संक्रमण प्रदेश ५ का दुई जिल्ला कपिलवस्तु र रुपन्देहीमा देखिएको छ।भैरहवास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको प्रदेश ५ स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले बताए।उनका अनुसार कपिलवस्तुको महाराजगञ्जका ९ जना र विजयनगरका ३ जना गरी १२ जनामा कोभिड-१९ पोजिटिभ देखिएको हो।
त्यस्तै रुपन्देहीका २ जनामा पनि संक्रमण फेला परेको छ।रुपन्देहीमा देखिएका दुईजना मध्ये एकजना काठमाडौंमा बसोबास गर्ने र उनी हाल आर्मी अस्पतालमा उपचारमा रहेको चौधरीले जानकारी दिए।उनी एक महीना रुपन्देही बसेर २९ वैशाखमा काठमाडौं आएको बताइएको छ।संक्रमितमध्ये कपिलवस्तुका १२ र रुपन्देहीका १ जना भारतको मुम्बईबाट फर्किएर क्वारेन्टाइनमा बसिरहेका व्यक्तिहरु हुन्।