वीरगञ्ज | नारायणी अस्पतालमा कार्यरत कर्मचारी नेताहरु बीच हातहालाहाल भएको छ । अस्पताल कर्मचारी युनियनका अध्यक्ष सन्तोष सिंह, पूर्व अध्यक्ष हरि गुप्ता र संजिव गुप्ताबीच अस्पतालको गेटै अगाडि हात हालाहाल भएको बुझिएको छ ।नारायणी अस्पतालमा कोविड संक्रमित बिरामीको उपचार सुरु गरेसँगै करारमा कार्यरत कर्मचारीलाई विदाई गरिएको र फेरि अस्पताल पहिलेकै जसरी नै जनरल सेवा दिने तर्खर गर्न लाग्दा कर्मचारी युनियनका नेताहरुबीच नै झगडा भएको हो ।
पहिले कटौतिमा परेका कर्मचारीमध्ये आफू निकटका कर्मचारी राख्न भागवण्डा नमिलेपछि कर्मचारी नेताहरुबीचमा नै हातहालाहालको स्थिति आएको अस्पताल श्रोतले जनाएको छ ।श्रोतका अनुसार अस्पतालमा डिउटी नै नगरी तलब बुझ्ने गरेको भन्दै केही कर्मचारीले अध्यक्ष सिंहको विरोध गर्दा उनी गुण्डागर्दी शैलिमा कर्मचारीमाथि हातपातमा उत्रिएको आरोप छ ।कर्मचारी युनियनका अध्यक्ष सन्तोष सिंहले भने आफूहरुबीच आन्तरिक विषयमा असमझदारी रहेको भए पनि अहिले विवाद समाधान भएको दावी गरे ।SAJHADARIDAILY