वीरगंज | प्रदेश २ मा सोमबारसम्म ५ हजार ५ सय ८५ जना व्यक्तिको थ्रोट स्वाब संकलन गरिएकोमा १ सय ३२ जना संक्रमित भएका छन् ।
सप्तरीमा ५ सय २३,सिरहामा ६ सय ३०,धनुषामा ७ सय ३५, महोत्तरीमा १ सय ६२, सर्लाहीमा १ सय ९६, रौतहटमा ६ सय ५, बारामा ५ सय ३ र पर्सामा २ हजार १ सय ५९ जना गरि कुल ५ हजार ५ सय ८५ जनाको स्वाब संकलन गरिएकोमा सप्तरीमा ९,सिरहामा १०, धनुषामा ३ सय ७६,महोत्तरीमा ९९, सर्लाहीमा ४१, रौतहटमा १ सय १३, बारामा ४ सय ६९ र पर्सामा ३ सय २१ गरि १ हजार ४ सय ३८ जनाको रिपोर्ट आउँन बाँकी छ ।
यस प्रदेशमा आज (सोमबार) मात्रै धनुषामा ६५,महोत्तरीमा ५९,सर्लाहीमा ४१ र पर्सामा ५१ गरी २ सय १६ जनाको स्वाब संकलन गरिएको छ ।
त्यस्तै यस प्रदेशमा अहिलेसम्म ५ हजार ५ सय ८९ जनाको आरडीटी परीक्षण गरिएको छ । जसमध्ये ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ५ हजार ५ सय ७८ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।
सप्तरीमा १ हजार ६३, सिरहामा ४ सय २६, धनुषामा ५ सय १२,महोत्तरीमा २ सय ३२, सर्लाहीमा १ सय ८०, रौतहटमा ५ सय ७०, बारामा २ सय र पर्सामा २ हजार ४ सय ६ जनाको आरडिटी परिक्षण गरिएकोमा सप्तरीमा ४, धनुषामा ३, सर्लाहीमा २, बारामा १ र पर्सामा १ गरि ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ । आज (आईतबार) सिरहामा ५, महोत्तरीमा २, रौतहटमा ४ र बारामा २६ गरी ३७ जनाको आरडिटी परिक्षण गरिएको छ ।
आरडिटी विधिबाट गरिएको परिक्षणमा सप्तरीमा १ हजार ५९, सिरहामा ४ सय २६, धनुषामा ५ सय ९, महोत्तरीमा २ सय ३२, सर्लाहीमा १ सय ७८, रौतहटमा ५ सय ७०, बारामा १ सय ९९ र पर्सामा २ हजार ४ सय ५ गरि कुल ५ हजार ५ सय ७८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रदेशमा संक्रमित १ सय ३२ मध्ये ९१ जना पर्साका,२१ जना रौतहटका,४ जना बाराका, ६ जना धनुषाका,४ जना महोत्तरीका,४ जना सर्लाहीका,१ जना सिरहाका र १ जना सप्तरीका व्यक्ति छन् ।
पर्सा जिल्लामा पीसीआर परिक्षण मार्फत संक्रमण प्रमाणित भएका ६३ जना पुरुष र ८ जना महिला गरि कुल ७१ जनाको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा एवं १७ पुरुष र ८ महिला गरि कुल २५ जनाको वीरगञ्ज महानगरपालिकास्थित सिद्धार्थ स्कुल परिसरमा निर्माण गरिएको आईशोलेसन कक्षमा राखि उपचार भईरहेको छ भने जनकपुरधामको प्रादेशिक अस्पताल परिसरमा अवस्थित नर्सिङ्ग क्याम्पसमा निर्माण गरिएको आईशोलेसन कक्षमा २ महिला र ४ पुरुष गरि कुल ६ जनाको उपचार भइरहेको छ । त्यस्तै सप्तरी जिल्लाको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा रहेको आईसोलेशन कक्षमा दुईजना संक्रमितलाई राखिएको छ ।
त्यस्तै रौतहटका संक्रमितहरुलाई गौरमा तयार पारिएको कोविड लेभल(१ को अस्पतालमा उपचार भइरहेको जिल्ला अस्पताल गौरका डा.कृष्ण साहले बताए । सो आइसोलेसनमा रहने संक्रमितको उपचार गर्न दुई वटा टिम तयार पारिएको उनले बताए । त्यस्तै वीरगञ्जको गण्डक हस्पिटललाई पनि कोभिड अस्पतालमा रुपान्तरण गरिएको छ । गण्डकी अस्पतालमा ७० बेडको आइसोलेसन कक्ष तयार गरिएको हो ।thenepaltop