• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    मानसिक समस्या लुकाउनु हुँदैन, यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ

  • वीरगंज संजाल
  • ६ जेष्ठ २०७७, मंगलवार ०६:२१
  • ४१९५

    काठमाण्डौ | कोरोना भाइरस नियन्त्रणको लागि सरकारले लकडाउन घोषणा गरेको लामो समय भइसक्यो । मानिसहरु घरभित्रै छन् । तर लम्बिँदो लकडाउनको बढ्दोे प्रभावको कारण मानिसमा विभिन्न खालका स्वास्थ्य समस्या देखिन थालेका समाचारहरु आइरहेका छन् । अहिले धेरै मानिसले फोनमार्फत आफूमा भएको मानसिक समस्या सम्बन्धित विज्ञ वा डाक्टरलाई भन्ने र समाधान खोज्ने दर बढेको छ । केही व्यक्ति परिवारसँग हाँसीखुसी रमाइरहेका छन् ।

    तर कतिपयमा अनिश्चित भविष्यबारे विभिन्न थरीका चिन्ता, जागिर पाइने हो कि होइन, पारिश्रमिक नपाइने हो कि, केमा लगानी गर्नेजस्ता चिन्ताले मानसिक समस्या बढाइरहेको छ । यसबाहेक कोरोनाको त्रास छँदैछ । कोरोना लागे के गर्ने, कोरोनाले भयावह रुप लिएमा मैले उपचार पाउँछु कि पाउँदिनलगायतका डर र चिन्ता पनि उनीहरुमा छ । यसले पनि मानसिक समस्या बढ्दै गएको छ ।

    यस्ता विभिन्न कारणले मानिसहरुमा छटपटी हुने, हृदयको गति बढ्ने, पेटभित्र उकुसमुकुस हुने, एकाग्र हुन नसक्ने, स्मरण शक्ति घट्ने र पर्याप्त निन्द्रा नलाग्नेलगायतका समस्या हुन्छन् । जब मानिसमा डर, त्रास र  असुरक्षा हुन्छ तब मानसिक समस्या देखिन्छ । तनावलाई लामो समय गुम्स्याएर राख्दा मुटु रोग, उच्च रक्तचाप र मधुमेहलगायतका स्वास्थ्य समस्या पनि देखिन सक्छन् । तनाब धेरै लिँदा मान्छे छिटो बुढो हुने, छाला चाउरी पर्ने र उमेर ढल्किँदै गएपछि बिर्सने रोगलगायतका समस्या हुन सक्छन् । तर समस्या आउन नदिनको लागि विभिन्न उपाय अपनाउन सकिन्छ ।

    १) सकारात्मक सोच्ने

    विश्वमा फैलिरहेको कोरोना भाइरस एउटा विपत्ति हो । विपत्ति सधैँ रहँदैन भनेर सोच्ने गर्नुपर्छ । म मात्र होइन, विश्वका अधिकांश मानिसले यो विपत्तिको सामना यसरी नै गरिरहेका छन् भन्ने मनमा लिनुपर्छ । सबै मिलेर समाधानको बाटोमा अगाडि बढ्न सके विपत्तिबाट पक्कै छुटकारा पाउन सकिन्छ भन्ने मानसिकता हुनुपर्छ । कोरोनाबाट बच्नको लागि जे जस्ता उपाय अपनाउनुपर्छ भनेर बताइएको छ ती सबै अनुसरण गरेको छु, त्यसैले मलाई सर्दैन भन्ने आत्मविश्वास बढाउनुपर्छ । यदि कोरोना लागिहाले पनि यसको मृत्युदर २ देखि ३ प्रतिशत मात्रै छ र यो घातक रोग होइन भनेर मनलाई सान्त्वना दिनुपर्छ । परिवार तथा साथीभाइलाई पनि तनाब व्यवस्थापनमा सहयोग गर्नुपर्छ ।

    २) खानपानमा ध्यान दिने 

    कतिपय मानिसले जाँड, रक्सी, चुरोट र खैनीलगायतका वस्तुलाई तनाब व्यवस्थापनको उपाय मान्ने गर्छन् । तर यो गलत हो । यस्ता चिजको सेवनले तनाब घटाउनेभन्दा स्वास्थ्य समस्या बढाउन सक्छ । यसको सट्टा घरमा सकेसम्म पौष्टिक तत्व भएका खानेकुरा खानुपर्छ । यसले गर्दा शरीरमा रोग प्रतिरोधात्मक क्षमताको विकास हुन्छ । यस्तो वेलामा बरु जाँड, रक्सी, चुरोट र खैनी खाने बानीलाई बिस्तारै हटाउँदै जानुपर्छ । धुम्रपान र मध्यपान गर्नाले स्वास्थ्यको प्रतिरक्षा प्रणाली कमजोर हुने भएकोले यसतर्फ सजग रहनुपर्छ ।

    ३) मानसिक समस्या लुकाएर नराख्ने 

    शारीरिक तथा मानसिक स्वास्थ्य फरक कुरा हुन् भन्ने धेरैमा भ्रम छ । उनीहरुमा  शारीरिक स्वास्थ्यलाई मात्रै ख्याल गरे पुग्छ भन्ने बुझाइ रहेको पाइन्छ ।  यही बुझाइको कारणले धेरैले आफ्ना मानसिक समस्या लुकाएर राख्छन् । यसबारे कुरा गर्दैनन् र समाधान खोज्दैनन् । तनाब पनि मानसिक समस्याकै रूप हो । धेरै मानिस यसबारे खुलेर कुरा गर्न चाहँदैनन् । म तनाबमा छु भन्न हिच्किचाउँछन् । यसले झनै जटिल खालका शारीरिक र मानसिक समस्या निम्त्याउँछ ।

    हामीलाई शारीरिक र मानसिक दुबै रोगले कमजोर बनाउँछ । त्यसैले तनाब व्यवस्थापनमा लाग्नुपर्छ । मानसिक समस्या भएको छ कि जस्तो लागेमा तत्काल अस्पताल वा स्वास्थ्य चौकी जान नसकेपनि विज्ञहरुसँग फोनमार्फत् परामर्श लिन सकिन्छ । मानसिक समस्यासँग सम्बन्धित कुनै औषधि खाइरहेको भए त्यसको नियमित प्रयोग गरिरहनुपर्छ ।

    ४) व्यायाम गर्ने 

    हरेक दिन  १/२ घण्टा शारीरिक व्यायाम, योग र ध्यानका लागि छुट्याउनुपर्छ । दैनिक रुपमा गरिने योग, ध्यान र व्यायामले शारीरिक तथा मानसिक रुपमास्वस्थ राख्न मानिसलाई सहयोग गर्छ । योग, ध्यान र व्यायाम नगर्नेको तुलनामा यी क्रियाकलापमा गर्ने मानिसमा मानसिक रोग कम लाग्ने गरेको विभिन्न अध्ययनले देखाएका छन् । यसलाई जीवनशैलीकै रुपमा विकसित गर्न सके झनै राम्रो हुन्छ ।

    ५) सोचाइमा आउने परिवर्तनलाई ध्यान दिने 

    आफ्नो सोच्ने तरिकामा पहिलाको तुलनामा केही परिर्वतन आएको छ कि भन्नेबारे ध्यान दिनुपर्छ । यदि धेरै डर लाग्ने,  मुटुको धड्कन बढ्ने, निन्द्रा नलाग्ने, खाना नरुच्ने, चिडचिडापन हुने, अत्तालिने, झर्को लाग्ने र  बिनाकारण थाकेजस्तो हुने  जस्ता लक्षणहरु देखिए यसलाई समयमै व्यवस्थापन गर्नुपर्छ । यसलाई समयमै व्यवस्थापन गर्न नसके ठूलै मानसिक समस्या देखिन सक्छ । त्यसैले, तनाबको कारण शारीरिक तथा मानसिक स्वास्थ्य र सोचमा आउन सक्ने परिवर्तनलाई ख्याल गर्नु जरूरी छ ।

    ६) रचनात्मक काम गर्ने 

    लकडाउनको समयमा बाहिर निस्कन पाइँदैन भन्दैमा धेरै समय मोबाइल र कम्प्युटरमा झुन्डिरहनु हुँदैन । यसले एक्लोपन महसुस गराउँछ ।  त्यसको सट्टा रचनात्मक र सिर्जनशील काममा समय बिताउनुपर्छ । व्यक्तिगत सरसफाइ, घरको सरसफाइमा ध्यान दिने, फुल रोप्ने, गोड्ने र परिवारका सदस्यसँग समय बिताउनेलगायतका काम गर्नुपर्छ ।

    परिवारका सदस्यसँग कुराकानी गरेर समय बिताउनु तनाबबाट मुक्त हुने अर्को उपाय हो । परिवारसँग टाढा भएमा विश्वसनीय सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रसारण भएका समाचार सीमित मात्रामा हेर्ने, बरु रमाइला  कार्यक्रम वा फिल्म हेरेर समय बिताउनु राम्रो हुन्छ ।

    ७) दिनचर्यामा ख्याल गर्ने 

    तनाब भयो भन्दैमा आफ्नो दैनिकी खलबल्याउने गर्नुहुँदैन । ठिक समयमा खाना खाने, सुत्ने र उठ्ने गर्नुपर्छ । दिनमा ७÷८ घण्टा सुत्ने, पर्याप्त पानी पिउने, सागसब्जी र फलफूल खाने गर्नुपर्छ । दैनिक जीवनयापन खलबल्याउँदा पनि मानसिक समस्या बढ्न सक्छ । त्यसैले यसतर्फ ध्यान दिन आवश्यक छ ।

    (वरिष्ठ मानसिक रोग विशेषज्ञ प्रा. डा. शर्मासँग जानुका दुवाडीले गर्नुभएको कुराकानीमा आधारित)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑