वीरगंज । आज स्थानीय होटल भिसुवामा हिमालय पिरामिड कलेजले कक्षा ११ का छात्रछात्रा हरुलाई स्वागत एवम् सम्मान कार्यक्रम आयोजना गरिएको छ। कक्षा १२ का छात्रछात्राहरुले कक्षा ११ मा भर्ना भएको छात्रछात्राहरुलाई स्वागत गरेका थिए।
अन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिह कुशवाहाले उक्त कार्यक्रमलाई उदघाटन गरेका थिए। दुई नम्बर प्रदेशका शिक्षालाई गुणस्तरीय र व्यवहारमा लागू हुने खालको शिक्षा आवश्यक रहेको बताए उहाँले अहिले प्रदेश २ मा शिक्षा र स्वास्थलाई कसरी अगाडि बडाउन सकिन्छ भन्ने विषयमा प्रदेश सरकार लागि रहेको बताउनु भयो। यस पिरामिड कलेजले शिक्षामा राम्रो योगदान दिएकोमा मन्त्री कुशवाहाले धन्यवाद समेत दिनु भएको थियो ।
हिमालयन पिरामिड कलेजका डाईरेक्टर विजय यादवको सभापतित्वमा समपन्न सो कार्यक्रममा बीरगन्ज महानगरपालिकाका शिक्षा महाशाखाका अरविन्दलाल कर्ण प्रिसिपल सन्जयकुमार सिह,विरेन्द यादव ,टिकाराम लगायलेे आ,आफ्नो शुभकामना एवम् मनतव्य दिनु भएको थियो भने छात्रहरु बृज किशोर ,राजीव गुता,सन्जीत चौरासीया,हरि ओम महतो,दिपक पुरी लगायतलाई कलेजले सम्मान गरेको थियो । विभिन्न किसिन को ममोरन्जन को साथ साथै मोटिभेसन पनि गरिएको थियो