काठमाडौं | झापामा थप एक जनामा कोरोना देखिएको छ।केही दिनअगाडि भारतबाट आएका झापा कचनकवल गाउँपालिकाका २३ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ।
भारतबाट जिल्लामा आएका ६० जनाको नमुना संकलन गरी पठाएकोमा एक जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।
योसहित संक्रमितको संख्या ३५८ पुगेको छ।