• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एउटै वडाका ५१ जनामा कोरोना संक्रमण

  • वीरगंज संजाल
  • ५ जेष्ठ २०७७, सोमबार २०:०३
  • २७४३

    नेपालगन्ज | बाँकेको नरैनापुर गाउँपालिकामा सोमबार एकैदिन ४७ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले अपरान्ह पत्रकार सम्मेलनमार्फत नरैनापुरका ४६ जना पुरुष र एक महिलासहित ४७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

    नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहम्मद मोईन खाँका अनुसार गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा रहेका ७ जना महिलामध्ये २५ वर्षकी एक जनालाई कोरोना संक्रमण भएको हो। शुक्रबार कोरोना संक्रमण पुष्टि भएका ८ जनाको कन्ट्याक्ट ट्रेसिङका आधारमा दुई सय ६३ जनाको थ्रोट स्वाब संकलन गरिएकामध्ये एक सय ९२ जनाको भेरी अस्पताल नेपालगन्जमा पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्दा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यीमध्ये नरैनापुरको दीपेन्द्र प्राविको क्वारेन्टाइनमा रहेका २५ वर्षमा युवाको आइतबार मृत्यु भएको थियो। शनिबार संकलन गरिएका ७० र आइतबार संकलन गरिएका ११ जना गरी ८१ जनाको रिपोर्ट आउन बाँकी नै रहेको छ। बाँके हालसम्म ८१ जना संक्रमित भएका छन्।

    नरैनापुर गाउँपालिकामा कूल संक्रमतिको संख्या अहिले ५६ पुगेको छ। संक्रमितमध्ये वडा नं. ५ का मात्रै ५१ जना रहेको नरैनापुर गाउँपालिकाले जनाएको छ। वडा नं २ र ६ मा दुई दुई जना र वडा नं. १ का एक जना मात्रै छन्। नरैनापुरमा संक्रमित भएकामध्ये १८, २६ र ३० वर्षका ६/६ जना, २८ र ३२ वर्षका ५/५ जना, २० र २२ वर्षका ४/४ जना, २१ र २५ वर्षका ३/३ जना, १९ र २६ वर्षका २/२ जना छन्। कम्तीमा १८ वर्षदेखि अधिकतम् ४० वर्षसम्मका व्यक्तिलाई कोरोना संक्रमण देखिएको छ। अधिकांशको उमेर १८ वर्षदेखि ३२ वर्षसम्मको छ।
    गाउँपालिका स्वास्थ्य शाखा प्रमुख खाँका अनुसार नरैनापुरका १३ वटा क्वारेन्टाइनमा सोमबारसम्म ८ सय ८ जनालाई राखिएको खाँले बताए। तीमध्ये धेरै जनाको कोरोना परीक्षण गर्न बाँकी नै छ। हरेक दिन भारतबाट आउने क्रम बढिरहेको उनले बताए।

    मृत्युपछि ३८ जनालाई स्थानान्तरण
    कोरोनाबाट २५ वर्षका युवकको मृत्यु भएपछि नरैनापुरको दीपेन्द्र प्राविको क्वारेन्टाइनमा रहेका ३८ जनालाई स्थानान्तरण गरिएको छ। इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज इन्सपेक्टर मानबहादुर विसीका अनुसार आइतबार साँझ नै उनीहरुलाई जयकिसन माविको क्वारेन्टाइनमा स्थानान्तरण गरिएको हो। यो विद्यालयमा यसअघि नै ६० जनालाई राखिएकाले दीपेन्द्र प्राविबाट स्थानान्तरण गरिएकाहरुलाई टेन्ट टाँगेर क्वारेन्टाइन व्यवस्थापन गरिएको छ।

    नरैनापुरमै आइसोलेसन बनाइँदै 
    बाँकेमा संक्रमितको संख्या बढ्दै गएकाले आइसोलेसनको समस्या भएको छ। नरैनापुरमा सोमबार एकैदिन ४७ जनामा कोरोना संक्रमण भएपछि उनीहरुलाई राख्ने ठाउँको अभाव भएको छ। बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलका अनुसार भेरी अस्पताल नेपालगन्जको मातहतमा रहने गरी नरैनापुरकै लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलेसन अस्पतालका रुपमा सञ्चालन गर्ने तयारी भएको बताउँछन्। उनले भने, ‘खजुराको क्यान्सर अस्पतालकै मोडलमा यो आइसोलेसन अस्पताल पनि सन्चालन हुनेछ।’

    सदरमुकाम नेपालगञ्जदेखि ४० किलोमिटर पूर्व–दक्षिणमा रहेको यो स्वास्थ्य संस्था स्थापनाकाल २०५० सालदेखि सन्चालनमा आए पनि दरबन्दीमा रहेका डाक्टर कोही पनि बस्न गएका छैनन्। अहिले पनि लामो समयदेखि केन्द्र डाक्टरविहीन नै छ। ‘बाँकेको कर्णाली’ उपनाम पाएको यो बघौडा क्षेत्रको यो स्वास्थ्य संस्थामा एमबीबीएस डाक्टरको दरबन्दी भए पनि कोही पनि तीन महिनाभन्दा लामो समयसम्म नबसेको स्वास्थ्य शाखा प्रमुख खाँ बताउँछन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑