आज:
  • होमपेज / देश

    नेपाल भारतको दशगजा भित्र भवन बनाउन खोज्दा बिजयवस्तीका स्थानीयले गरे अवरोध

  • वीरगंज संजाल
  • ५ जेष्ठ २०७७, सोमबार १७:३२
  • ३७०१

    पोखरिया | राजन कुमार बानिया | ठोरी गाउँपालिका वाड न. -४ बिजयवस्तीको सिधा नेपाल भारतको बोडरको दशगजा भित्र भारतिय पक्षले भौतिक संरचना बनाउन लाग्दा बिजयवस्तीका स्थानीयवासीले रोक्न लगाएका छ्न ।

    नेपाल भारतको दशगजा भित्र गिट्टी, वालुवा खसालेर नक्साकन समेत गरि काम सुरु गर्न लागिरहेको सुचना आए पछि बिजयवस्तीका सयौ युवाहरुले सशस्त्र प्रहरी र जनपथ प्रहरी लिएर निर्माण गर्ने स्थानमा पुगिसके पछि भारतिय पक्षहरु केही समय अलमलमा परेका थिए ।

    भारतीय पक्षले दसगजा भित्रै भौतिक संरचना निर्माण गर्न लागेको र त्यसको प्रतिकार गर्ने सोचका साथ पुगेका स्थानीवासी देखेर भारतिय सिमा सुरक्षा वलले तुरुन्त सहमति खोज्ने मनस्थित बनाई सहमतिमा पुगेको थियो । स्थानीयले त्यसको बिरोध गर्दै दसगजा भित्र कुनै पनि भौतिक संरचना निर्माण गर्न नदिने भन्दै बिरोधमा उत्रिएपछि भारतीय सीमा सुरक्षा बल(SSB) का इन्सपेक्टर सहितको टोलीले गल्ती स्वीकार्दै दसगजामा राखिएको निर्माण सामाग्री(गिट्टी,बालुवा लगायत) त्यहाँ बाट हटाउन सहमत भएको थियो ।

    इन्स्पेक्टर सहित आएको भारतको बन बिभागको टोलीले त्यहाँ सुरक्षाको लागि एक टावर बनाउन लागिएको बताउदै अब उक्त टावर दसगजा क्षेत्र भन्दा बाहिर(भारत तर्फ) बनाउन सहमत भएका छ्न । ससस्त्र प्रहरी कार्यालय सुवर्णपुरका प्रहरी प्रतिनिधि समेतको उपस्थितिमा भएको सहमति अनुसार दसगजामा अहिले राखिएका सम्पुर्ण निर्माण सामाग्री १, २ दिन भित्रैमा हटाउने उनिहरुले बताएका छ्न ।

    यसैबीच आज बिजयबस्तीका स्थानीयले ठोरी ४ को बिजयबस्ती देखि स्याउलीबस्ती( शिकारीबास खोला छेउ) सम्मको सीमा अवलोकन गरेका छन । कालापानी, लिपुलेक सहित अन्य स्थानहरूमा समेत भारतले सीमा अतिक्रम गरिरहेको र यसै ठोरी गापा-३ बुद्वनगरमा दशगजामा क्षेत्र भित्रै पोष्ट निर्माण गरि सकेको हुंदा बिजयवस्तीका युवाहरुले आफ्नो क्षेत्रमा पर्ने सीमा अनुगमन गरेका हुन ।

    अनुगमनका क्रममा ठोरी ४ को स्याउलीबस्ती सीमा क्षेत्रको नजिकै एक पक्की भवन निर्माण गर्दै गरेको पाईएको र उक्त भवन दसगजा क्षेत्र भित्र नै परेको समेत बताइएको छ । “यसअघि पनि ठोरी गापा वाड न.- ३ बुद्वनगर गाउँको सिधा नेपाल भारतको बोडरको दशगजामा नै पोष्ट निर्माण गरेको हुंदा भारतियहरुको कुनै बिश्वास नहुने भन्दै अन्तराष्ट्रिय कानुनको उल्लघन हुने गरि यहॉ हामी निर्माण गर्न कुनै हालतले दिन्नौं, यदि ज़बरजस्ती नै गरे भने हामी त्यस्को कडा प्रतिकार गर्ने छौ ।” बिजयबस्तीका एक जोशिला युवाले बताए ।

    अहिले भारतिय पक्षले दशगजामा पोष्ट नबनाउने सहमति भएपनि हेर्न बाक़ी रहेको र आफूहरु निरन्तर निगरानीमा नै भएकोले यदि सहमतिको उल्लघन गरेर हेपेर चेपेर दशगजा भित्र पोष्ट निर्माण गरे बिजयवस्तीका युवाहरुले त्यसको जवाफ राम्रो संग दिने उनिहरुको भनाई छ

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑