• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    हात्तीले दैनिक दुख दिन थाल्यो

  • वीरगंज संजाल
  • ४ जेष्ठ २०७७, आईतवार २०:३१
  • ३३२९

    राजविराज | सप्तरीको शम्भुनाथ नगरपालिका तथा अग्नीसाइर कृष्णसवरण र रुपनी गाउँपालिकाका बासिन्दालाई जङ्गली हात्तीले एक महिनादेखि दैनिक दुःख दिन थालेको छ । मध्यरात भएपछि गाउँ पसेर हात्तीले घर भत्काउन, अन्नबाली खान र मानिसमाथि आक्रमण गर्न थालेपछि त्यस क्षेत्रका बासिन्दाको जीवन कष्टकर बनेको छ ।

    कोशी टप्पु वन्य जन्तु आरक्षबाट आएका तीन हात्तीको समूहले शनिबार राति अग्नीसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरका मोतीलाल बि.क. को घर भत्काएको छ । घर भत्काउनुका साथै हात्तीको समूहले खाद्यान्नसमेत खाइदिएपछि वि.क. लाई हातमुख जोर्न समस्या भएको छ । छोराछोरीसमेत घरमा नभएका वि.क. श्रीमतिको चार वर्षअघि मृत्यु भएपछि एक्लै बस्दै आएका छन् ।

    हात्तीको समूहले बिहीबार राति रुपनी गाउँपालिका ६ का दिपककुमार तामाङको घर भत्काइ खाद्यान्न लगायतका सामाग्रीहरू नष्ट गरेपछि तामाङ परिवारको विचल्ली भएको छ । मध्यरात आएको हात्तीले घर भत्काउन थालेपछि भागेर ज्यान जोगाएको बताएकी दिपककी श्रीमति हिरा तामाङले हात्तीले चामल, मकै, पिठो, कोदो खानुका साथै महत्वपूर्ण कागजातसमेत नष्ट गरेको बताइन् । लकडाउनले रोजगारी खोसिएका बेला हात्तीले घर भत्काइ खाधान्नसमेत खाइदिएपछि छाक टार्न समस्या भएको पीडित बताउँछन् ।

    रात परेपछि गाउँ पस्ने गरेको हात्तीले घर भत्काउन, भित्र्याइएको गहुँ, धानसमेत खाइदिने गरेको स्थानीय बोधराज सुबेदीले बताए । वडा नम्बर ६ का पुष्पराज बन्जाराले दैनिक रात पर्नासाथ आउने हात्तीले घर भत्काइ मानिसलाईसमेत आक्रमण गर्न थालेपछि गाउँले त्रसित भएको बताए । उनले भने, ’दिनभर नजिकै रहेको टिकघारी र बनमा बस्ने, रात पर्ने बित्तिकै गाउँ छिर्ने हात्तीबाट जोगिन समस्या भएको छ ।’

    तीनवटा हात्तीको समूहले १० दिनअघि शम्भुनाथ नगरपालिका–२ भलुवाहीकी ३८ वर्षीया जानुका मगरलाई कुल्चिएर ज्यानै लियो । एक दिनअघि अग्नीसाइर कृष्ण सवरण गाउँपालिका–६ मोहनपुरकै पुष्पराज बञ्जारा र अम्बिका राईको घर भत्कायो । सोही गाउँपालिका वडा नम्बर २ मा हात्तीको समूहले श्यामकुमार राम, लक्ष्मीदेबी राम, बिरेन्द्र राम र नारायण रामको घर तोडफोड गरी खाद्यान्न नष्ट गरेको थियो ।

    डिभिजन वन कार्यालय सप्तरीले हात्ती प्रभावित क्षेत्रमा हात्तीबाट जोगिने उपायका बारेमा सचेतनामूलक कार्यक्रमबाहेक नियन्त्रण र रोकथाम गर्न नसकेको जनाएको छ । कार्यालयका प्रमुख सन्तोष झाका अनुसार घुमि हिंड्न थालेका तीन हात्तीले गाउँमा पसेर स्थानीयलाई दैनिक दुःख दिन थालेको बताए । उनले एक महिना यता दैनिकजसो हात्तीले घर भत्काएको, मानिसमाथि आक्रमण गरेको जानकारी कार्यालयमा आइरहेको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑