• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    कोरोनाले युवकको मृत्यु भएपछि नरैनापुरमा स्थानीयको भीड

  • वीरगंज संजाल
  • ४ जेष्ठ २०७७, आईतवार १९:३२
  • २६२३

    नेपालगन्ज |  बाँकेको दुर्गम नरैनापुर गाउँपालिकामा एक युवकको कोरोनाबाट मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुने उनी दोस्रो व्यक्ति भएका छन्।

    जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोराना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नरैनापुर-५ नयाँ वस्ती घर भइ सोही वडाको दीपेन्द्र प्राविको क्वारेन्टाइनमा बसेका २५ वर्षका युवकको कोरोनाबाट मृत्यु भएको हो।

    मृत्यु अघि नै शनिबार उनको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको थियो। भेरी अस्पताल नेपालगन्जको कोरोना प्र्रयोगशालामा पीसीआर प्रविधिमा गरिएको परीक्षणमा आइतबार दिउँसो कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो।

    उनको मृत्यु कोरोनाबाट भएको संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा आइतबार पुष्टि गरेका थिए।

    इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज इन्सपेक्टर मानबहादुर विसीका अनुसार आइतबार बिहान ५:३० बजेतिर उनले वान्ता गरेका थिए। उनको ६ः४० मा निधन भएको थियो। उनलाई ज्वरो पनि आएको थियो।

    भारतको मुम्बईबाट ३० वैशाखमा फर्केका उनी नरैनापुर ५ को दीपेन्द्र प्राविको क्वारेन्टाइनमा बसेका थिए। ३१ वैशाखमा उनीसँगै नरैनापुरका तीन सय ३३ जनालाई एकैदिन क्वारेन्टाइनमा राखिएको थियो। तिनैमध्येका ४५ जनाको कोरोना परीक्षण गर्दा शुक्रबार नरैनापुरका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। पुष्टि भएकामध्ये ६ जना संक्रमित दीपेन्द्र प्राविको क्वारेन्टाइनमा बसेका व्यक्ति थिए। उनीहरुकै सम्पर्कमा रहेका दुई सय ६३ जना व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा शनिबार कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको थियो। त्यसैमध्येका एक यी युवकको कोरोनाबाट मृत्यु भएको हो।

    अहिले पनि नरैनापुरका दुई सय ६२ जनाको कोरोनाको रिपोर्ट आउन बाँकी छ। जसमध्ये दीपेन्द्र प्राविको क्वारेन्टाइनमा बसेका ३८ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

    मृत्युको खबरले भीड बढ्यो 
    क्वारेन्टाइनमा बसेका युवाको मृत्यु भएको खबर पाएपछि चार पाँच सयको संख्यामा स्थानीय क्वारेन्टाइन स्थलमा पुगेका थिए। प्रहरीले उनीहरुलाई नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो। दिनभर पनि एक डेढ सयको संख्यामा स्थानीय सो क्षेत्रमा थिए। कोरोनाबाट मृृत्यु भएको थाहा पाएपछि मात्र स्थानीय घर फर्केको विसीले बताए।

    नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराज खरालका अनुसार अहिले पनि नरैनापुर गाउँपालिकामा रहेका १३ वटा क्वारेन्टाइनमा ७ सय ५० भन्दा बढी व्यक्तिहरुलाई राखिएको छ। खरालले भने, ‘हरेक दिन भारतबाट आउने क्रम रोकिएको छैन। शनिबार मात्र ४० जना भारतबाट आएका थिए। आइतबार ९ जना आएका छन्। अझै चार पाँच सय जना आउने देखिएको छ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑