पोखरा | एम्बुलेन्स कालीगण्डकी नदीमा खस्दा चालक बेपत्ता भएका छन् । एम्बुलेन्सको अवशेष कालीगण्डकीमा देखिए पनि चालक भने अहिलेसम्म नभेटिएको जिल्ला प्रशासन कार्यालय, म्याग्दी प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए।
मुस्ताङको थासाङ गाउँपालिकाबाट पोखरातर्फ आएको १ झ ३११ नम्बरको एम्बुलेन्स म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठाबोट भन्ने ठाउँमा बेनी जोमसोम सडकबाट कालीगण्डकीमा खसेको हो ।
एम्बुलेन्स चालक थासाङ गाउँपालिका–४ का सुजन बिक बेपत्ता भएको बताइएको छ।
बेपत्ता चालकको खोजिकार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए।