जनकपुर | जनकपुरधामस्थित धनुष सागरमा आज बिहान एक पुरुषको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको छ ।
मृतको पहिचान हुन सकेको छैन । घटनास्थलमा धनुषा प्रहरी पुगेर शवलाई निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको छ ।धनुषसागरमा भेटिएको ती पुरुष अन्दाजी ३५ वर्षको भएको अनुमान गरिएको छ ।
पानीमा शव तैरिरहेको अवस्थामा फेला परेको हो । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।