• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल-भारत सीमास्तम्भ गायब

  • वीरगंज संजाल
  • १ जेष्ठ २०७७, बिहीबार २२:०२
  • ७३५३

    पाँचथर । नेपाली भूमिमा भौतिक संरचना निर्माण गर्न भारतीय पक्षले अवरोध पुर्‍याएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–६ आहालेमा नेपाल–भारत सीमाभन्दा झण्डै १०० मिटर टाढा भौतिक संरचना निर्माण गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको जनाइएको छ ।

    उक्त स्थानमा आहालगैरी कबुलियती वन समूहले बहुजातीय सङ्ग्रहालय बनाउन लागेको थियो ।  सो समूहले निर्माण गर्न लागेको सङ्ग्रहालय क्षेत्र आफ्नो भूभागमा पर्ने झुठो दाबी एसएसबीले गरेको छ ।

    फालेलुङ गाउँपालिकाका प्रवक्ता जीवनकुमार राईका अनुसार उपभोक्ता समितिले भारतीय पक्षले अवरोध गरेको गुनासो गरेपछि  सो गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङ तथा सुरक्षाकर्मीको टोली उक्त क्षेत्रमा पुगेको थियो । यस क्रममा भारतीय पक्षले सीमा अतिक्रमण गर्नुका साथै सीमास्तम्भ समेत गायब पारेको पाइएको प्रवक्ता राईले जानकारी दिए ।

     

     

     

    यहाँ भारतीय पक्षले ५७-४ नंको सीमास्तम्भ गायब पारेको पाइएको उनको भनाइ छ । फालेलुङ–५ प्राङबुङका सिल्प साम्पाङका अनुसार यहाँ एसएसबीले दैनिकरूपमा गस्ती गर्नुका साथै नेपालीलाई हिँडडुल र काम गर्नसमेत अवरोध गर्दै आएको छ । दैनिक करिब १०० जनाको एसएसबीको टोली यस क्षेत्रमा आउने गरेको छ ।

    सीमा क्षेत्रमा दुई होटलसमेत रहेका छन् । एसएसबीले होटल सञ्चालकलाई उक्त क्षेत्र भारतीय भूभागमा परेको भन्दै मनोवैज्ञानिक दबाव दिने गरेको पाइएको साम्पाङको भनाइ छ ।

    भारतीय पक्षले नयाँ नक्सा नै निर्माण गरी सीमाभन्दा करिब १०० मिटरभन्दा बढी क्षेत्र अतिक्रमण गरेको पाइएको गाउँपालिकाका प्रवक्ता राईको भनाइ छ । जनप्रतिनिधिले एसएसबीका स्थानीय कमाण्डरसँग संवादसमेत गरेका थिए । यस क्रममा भारतीय पक्षले नयाँ नक्साअनुसार उक्त क्षेत्र भारतमा परेकाले भौतिक संरचना निर्माण रोक्न माथिको आदेश आएको बताएको प्रवक्ता राईले बताए ।

    भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरेपछि फालेलुङ गाउँपालिकाले यस विषयमा पहल गर्न जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएको छ ।

    पत्र प्राप्त भएपछि सीमा मिचिएको तथा नेपाली भूभाग अतिक्रमण भएको विषय स्थलगत अवलोकन गर्न डिभिजन वन कार्यालयको टोली उक्त क्षेत्रमा पठाइएको प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले जानकारी दिए ।

     “वन डिभिजनबाट सञ्चालित योजनामा अवरोध भएकाले स्थानीय सुरक्षाकर्मीसँगको समन्वयमा सीमा क्षेत्रको स्थलगत अवलोकन गर्न भनिएको छ”, उनले भने ।

    स्थानीयस्तरबाट प्राप्त सीमा अतिक्रमणसम्बन्धी सूचना गृह मन्त्रालयमा समेत पठाइएको प्रजिअ शर्माले बताउनुभयो । “एउटा सीमास्तम्भसमेत जानाजान हराएको भन्ने सूचना आएपछि संवेदनशीलरूपमा लिइ मन्त्रालयमा जानकारी गराइएको छ”, उनले भने ।

    उक्त क्षेत्र पाँचथर, इलाम र भारतको पश्चिम बङ्गाल राज्यको सीमामा पर्दछ ।

    पाँचथरमा भारतसँगको करिब ४५ किलोमिटर सीमा क्षेत्र रहेको छ । पछिल्लोपटक कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सीमा क्षेत्रबाट हुने आवतजावत रोक्ने सशस्त्र प्रहरी बल सीमा क्षेत्रमा पुगेपछि भारतीय पक्षले नयाँ विवाद सिर्जना गरेका सन्दकपुर क्षेत्रका स्थानीयवासीको भनाइ छ । – रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑