नारायणी अस्पतालमा स्वास्थ्य सामाग्रीको अभाव-आसंकित सन्चारकर्मीको स्वाब परीक्षण केहि आज केहि बाकि
वीरगंज संजाल
३१ बैशाख २०७७, बुधबार १७:१३
२२९७
वीरगञ्ज | नारायणी अस्पतालमा पिसिआर परीक्षणका लागि आवश्यक स्वास्थ्य सामाग्रीको पनि अभाव हुन थालेको छ । अस्पतालका मेसु उपाध्यायका अनुसार , अस्पतालमा भर्ना भएका संक्रमित र शंकास्पद व्याक्तिको स्वाब परीक्षणका लागि आवश्यक पर्ने भिटिएम किटको अभाव भएको छ ।
बुधबार बिहानसम्म भिटिएम किट २ सय थान मात्रै रहेको र सन्चारकर्मीको स्वाब परीक्षणका क्रममा एक सयभन्दा बढी किट सकिएको मेसु उपाध्यायले बताए ।
‘अब हामीसँग १ सयभन्दा कम भिटिएम किट छ’, उनले भने, ‘संक्रमितहरुको कन्टयाक्ट ट्रेसीङ गरेर धेरै जनाको स्वाब संकलन गर्नु पर्नेछ, तर किट सकिन थालेको छ ।’
तत्कालका लागि स्वास्थ्य मन्त्रालयसँग १ हजार भिटिएम किट माग गरिएको जानकारी दिँदै उनले भने,‘त्यो कहिलेसम्म आउँछ ठेगान छैन , किट सकियो भने स्वाब संकलन कार्य नै रोकिन्छ ।’ अस्पताललाई हप्तैपिच्छे सात सय थान किट आवश्यक रहेको पनि उपाध्यायले बताए ।