पोखरिया | राजन कुमार बानिया | नारायणी अस्पताललाई आम जनताका लागि सुचारु गर्न माग गर्दै जनता समाजवादी पार्टीका नेता नेजामुद्दिन शमानी आज ११ अौ दिन पनि धर्नामा बसेका छन ।
नारायणी अस्पताल सुचारु गर्न पत्र नआए सम्म धर्नामा बसने जनता समाजवादी पार्टीका नेता शमानीले बताउनु भयो । याे धर्ना अभियान प्रत्येक दिन बिहान १० बजे देखि ११ बजे सम्म जारी रहने नेता शमानीले जनाए ।
लकडाउनको कारण बैशाख २१ गते देखि प्रत्येक दिन आफनो घरको गेटमा कालो झंडा बान्धि धर्नामा बसेको र यो धर्ना पार्टीको नभई सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, आम जनसमुदायको भएकोले यस बिरोध धर्ना कार्यक्रममा साथ
दिने सम्पूर्ण पार्टीका नेता, नागरिक समाजको अगुवा, पत्रकार, आम जन समुदायलाई धन्यवाद दिनु भएको छ । उहाँले जनताको ज्यानसंग खेलवाड नगर्न सरकारसंग अनुरोध समेत गर्नु भएको छ ।