काठमाडौं | चितवनकी ६३ वर्षीया महिला कोरोना उपचारपछि आज डिस्चार्ज भएकी छिन्। कोरोना भाइरसको संक्रमणपछि भरतपुर अस्पतालमा उपचाररत उनको पछिल्लो २ पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो।
आज डिस्चार्ज भएकी ६३ वर्षीया महिलाका छोरा पनि निको भइ केही समयअघि डिस्चार्ज भएका थिए । उनलाई राप्ती नगरपालिकालाई जिम्मा लगाइएको अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिए। नेपालमा कोरोना उपचारपछि निको हुनेको संख्या ३५ पुगेको छ।