बारामा निषाेधाज्ञा, ई–पास समेत भोलिदेखि खारेज गर्ने निर्णय
वीरगंज संजाल
३० बैशाख २०७७, मंगलवार १९:१८
६४७९
काठमाडौं | काेराेना संक्रमितकाे संख्यामा वृद्धि भएसँगै बारामा निषाेधाज्ञा जारी गरीएकाे छ । मध्य तराईको बारा र पर्सामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ ।
कोरोना संक्रमित बिरामीहरुको बढ्दो संख्यालाई मध्यनजर राख्दै पर्सा जिल्लाको वीरगञ्जबाट बारा जिल्लामा सञ्चालन हुने सवारी साधन पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको छ ।
क्राइसिस मेनेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले संक्रमणको जोखिमलाई मध्यनजर राख्दै स्थानीय प्रशासनबाट जारी भएका सिकिस्त बिरामी प्रयोजन बाहेकका हस्तलिखित तथा ई–पास समेत भोलिदेखि खारेज गर्ने निर्णय गरेको छ ।
भारतसँग सीमा नाका जोडिएका ठाउँहरुबाट आवात जावतमा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ भने अत्यावश्यक काम बाहेक अन्य कामका लागि कोही पनि घरबाट बाहिर ननिस्कन रोक लगाएको छ ।
यस्तै पर्सामा समेत भाेलीबाट निषेधाज्ञा जारी हुने सम्भावना छ ।