• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / राजनीति

    सातै प्रदेशमा आधुनिक स्तरको एक हजार सैया अस्पताल र प्रयोगशालाको निर्माण गर्नुपर्छ – सांसद यादव

  • वीरगंज संजाल
  • ३० बैशाख २०७७, मंगलवार १८:४३
  • ४२५७

    वैशाख |  कोरोना प्रभावले मुलुकमा अगामी ५ वर्षसम्मको रणनीति चाहिने भएपनि सरकारले ल्याएको बिनियोजन विध्येकमा त्यस्तो नभएकोप्रति सांसद प्रदीप यादवले आपती जनाएका छन् । संघीयता कार्यवन्यनको लागि प्रादेशिक स्वायततासहित शक्ति, साधनको बिकेन्द्रिकरण जस्ता शब्दलउरी विध्येक २०७७ मा समावेश हुन नसकेकोले यसलाई समाबेश गर्न सांसद यादवले अनुरोध गरेका हुन ।
    मंगलबार संसदमा बोल्दै सांसद यादवले मुलुक संघियतामा गईसकेको अवस्थामा पनि केन्द्रिकृत सोचको साथ ल्याईएको बिनियोजन विध्येक परिमार्जन गर्न अति आवश्यक रहेको बताए । उनले निती तुर्जुमा, नेपाली सेना , मौद्रिक निती र बैदेशिक सम्बन्ध केन्द्रमा राखी कृषि, शिक्षा, स्वास्थय, पूर्वाधार विकास लगायतका विषयहरु प्रदेशमा राख्न अति नै आवश्यक रहेको बताए ।

    संविधानको धारा ४२ मा समानुपातिक समावेशी अथवा संविधानको प्रस्तावना लगायत हरेक भागमा समावेशिको कुरा गरिएको भएपनि २०७७ को विनियोजन विध्येकले राज्य संरचनालाई कसरी समानुपातिक समावेशी बनाउने भने विषयमा सरकारले कुनै ठोस निति अवलम्बन गर्न नसके बताउँदै सांसद यादवले समाजिक न्यायको सिद्धान्तहरुलाई विनियोजन विध्येकको मुल विषय बनाईनु पर्नेमा जोड दिए ।
    उनले प्रदेश २ र कर्णाली प्रदेश लागि विशेष प्याकेज र आर्थिक निती ल्याउन छुटेको पनि जिकिर गरे । जनसंख्या अनुपात र मानववीय विकासको सुचाङको आधारमा बजेट वितरण गर्नु पर्ने पर्नेमा सो कुरा उल्लेख नभएकोले यसको अवलम्बन गर्न पर्ने धारणा राखे ।

     

    वैदेशिक रोजगारबाट फर्किने युवाहहरुको लागी कृषि तथा उद्योग क्षेत्रमा रोजगार सृजन गर्नु पर्ने
    पर्सा क्षेत्र नं. १ बाट निर्वाचित तत्कालिन समाजवादी केन्द्रिय सदस्य समेत रहेका सांसद यादवले कोरोना महामारीले जारी लकडाउन पछि बैदेशिक रोजगारबाट लगभग १० लाख युवाहरु स्वदेश फर्किदै गरेको बताउँदै ती युवाहरुले रगत र पसिना बगाएर कमाएको पैसाबाट चलिरहेको अर्थतन्त्र कोरोना महामारीले ढल्ने सुनिश्चित भएकोले विदेशबाट फर्किने यी युवाहरुको लागि कृषि तथा उद्योग क्षेत्रमा रोजगार सृजन गर्न ठोस सौद्धान्तिक आधारमा विनियोजन विषयको मुल विषय बन्नु पर्ने हो तर त्यस्तो नभएकोप्रति पनि उनले आपती जनाएका छन् ।

    सातै प्रदेशमा आधुनिक स्तरको एक हजार सैया अस्पताल र प्रयोगशालाको निर्माण गर्नु मांग
    ‘‘स्वास्थ विकास पूर्वाधार, जनशक्ति क्षमता र स्वास्थ बिमाको विस्तार तथा आधारभूत सेवामा सबैको पहँुचको कुरा सराहनीय भएको छ । तर यसलाई यथार्थमा परिण्त गर्न आवश्यक छ, सांसद यादवले भने’’ ।
    विश्व महामारीको रुपमा आएको कोरोना भाइरसको बेला पनि सरकार तथा जनताको दुःखमा सहयोगका निम्ति कुनै निजी अस्पतालहरु खडा भएनन् । यहाँसम्म की कोही ज्वरो लागेर अस्पतालमा जाँदा पनि चर्काे शुल्क लिएर उपचार गर्ने निजी अस्पतलाहरु यतिबेला गेटबाटै लखेट्ने गरेका छन् । तथर्स ःविश्व महामारीको रुपमा रहेको कोरोना महामारीको बेला पनि कुनै जिनी अस्पताल काम नलागि सरकार मातहतकै राम्रो अथाव नराम्रो अस्पतालहरु काम लागेका छन् । त्यसकारण सातै प्रदेशमा आधुनिक स्तरको एक हजार सैया अस्पतालको निर्माण गर्नु पर्ने सांसद यादवले मांग गरेका हुन् ।

    उनले भोलीका दिनमा कुनै पनि महामारीबाट लड्न सक्ने सात वटै प्रदेशमा राष्ट्रिय स्तरको टेकु जस्तो प्रयोगशाला र प्रत्येक स्थानीय तहमा कममितमा ५० सैयाको अस्पताल निर्माण गर्न अति नै आवश्यक रहेको बताए । प्रायः डाक्टरहरुले सरकारी अस्पताल रोज्ने तर निजीमा बढि ध्यान दिने भएकोले शहरकेन्द्रित मात्र नभई गाउँमुखी दक्ष जनशक्तिको व्यवस्थापन गर्नु पर्ने सरकारसंग आग्रह गरे ।

    दिनहुँ १÷२ लाखसम्म कमाउने डाक्टर र इन्जिनियरले कर तिर्दैनन््
    उनले मुलुकको लगभग ३ करोड जनसंख्यामा १० लाखमा करको दायरामा रहेको र बाँकीको जनसंख्यामा विशेष ध्यान दिई करको दायरा बढाउनु पर्ने सु्झाव दिए । उनले भने,‘‘ दिनहु १÷२ लाखसम्म कमाउने डाक्टर र इन्जिनियरहरु कर तिर्दैन्न् । तिनीहरुलाई कसरी करको दायरामा ल्याउने ? व्पापार व्यवसाय गर्नेहरुमा अहिले पनि ५० प्रतिशत मानिसले मात्रै कर तिर्नु गरेको छन् । यसमा अर्थमन्त्री ज्युको विषेश ध्यान जाओस् ।’’
    ६ महिनाको ब्याज माफी र उद्योगलाई ५ प्रतिशत छुट दिनुपर्छ
    त्यस्तै अहिले कोरोनाको महामारीको चपेटमा परेका निम्न र मध्यमवर्गीय उद्योगलाई कम्तीमा ५ प्रतिशत छुट दिनुपर्ने सांसद यादवले माग गरेका हुन । कोरोना महामारीले विभिन्न ठुला उद्योग तथा व्यवसाय मर्कामा परेकोले कम्तीमा ६ महिनासम्मको ऋणको व्याज पनि माफ गर्नु पर्ने मांग गरेका हुन ।
    एक वर्षमा कम्तीमा ४ बाली उ्रत्पादन निति हुनु पर्छ

    नव निर्मित जनता समाजवादी पार्टीका प्रभावशाली युवा नेता समेत रहेको सांसद यादवले एक वर्षमा कम्तीमा चार बालीसम्म उत्पादन हुने गरी आवश्यक सिप, तालिसहित स्रोत साधन, बिउबिजन लगायतका विषयहरुलाई पनि बजेटमा ल्याउन जरुरी रहेको बताए । किसानले उत्पादन गरेको धान, गहँु, मकै लगायतका उत्पादन खरिद बिक्री गर्न सरकारले प्रत्येक जिल्लामा सब्जी मण्डी हाउस पनि बनाउन जरुरी रहेको बताए ।
    जैविक प्रकोपको व्यावस्थापनसम्बन्धी निती हुनुपर्छ
    यस विनियोजन विध्येकमा मधेशमा आउने विनाशकारी हावाहुरीबाट हुने क्षतिको पनि व्यावस्था नभएकोले यसतर्फ अर्थमन्त्री युवाराज खटिवडाको ध्यानाकर्षण गराएका हुन । प्रत्येक वर्ष आउने पाढीले पनि मधेशको खेतीयोग्य जमिन दिनानुदिन बालुवामा परिण्त हुँदै गएकोले नदिमा बाँध र तटजन्यको लागि सरकारले ठोस निति ल्याउनु एकदमै आवश्यक रहेको सांसद यादवको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार
  • सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका
  • तीन दलका शीर्ष नेताको बैठक स्थगन
  • कानुन मन्त्रीले बिहानबिहानै न्यायाधीशलाई फोन गरेर फैसला गराउँछन् : सांसद सिंह
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    तीन दलका शीर्ष नेताको बैठक स्थगन

    सुनचाँदी व्यवसायीको अल्टिमेटम : माग पूरा नभए आन्दोलन थप चर्काउने

    १३ वर्षीया नेपाली किशोरीको सीमाबाट उद्धार

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    News

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    News

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    News

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑