वीरगन्ज | वीरगन्जमा मंगलबार कोभिड १९ पोजिटिभ देखिएका ३९ जनामध्ये दुईजना पत्रकार छन् । वीरगन्जस्थित नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार वैशाख २६ र २७ गते संकलित नमूनाको परीक्षण हुँदा पर्सामा थप ३९ जना कोभिड पोजेटिभ देखिएका हुन् ।
शुक्रबार र शनिबार संकलन गरिएको ६ सय ७७ नमुना मध्ये ३ सयको परीक्षण गर्दा ३९ जनाको पोजेटिभ पुष्टि भएको हो,’ डा. उपाध्यायले भने, ‘त्यसमा २ जना पत्रकारसमेत हुनुहुन्छ ।’ गत शनिबार वीरगन्ज महानगरपालिका– २ छपकैयाको ट्रेसिङ साइटमा वीरगन्जका ४ जना पत्रकारले थ्रोट स्वाबको नमुना दिएका थिए ।
यसअघि ३ जना भारतीय मुस्लिम धर्म प्रचारकसहित वीरगन्जमा २५ जनामा कोराना पुष्टि भइसकेको छ ।गत वैशाख २४ मा वीरगन्ज महानगरपालिका– ३ छपकैयाका एकै परिवारका १७ जनामा कोरोना पुष्टि भएपछि कनट्याक्ट ट्रेसिङ तीव्र पारिएको थियो । बिहीवार, शुक्रबार र शनिबार गरि ८ सय १४ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो ।
३९ जनामध्ये पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वास्थित श्री मंगल मावि विद्यालयको क्वारेन्टाइनबाट स्वाब संकलन गरिएको १४ जनामा समेत कोरोना पोजेटिभ देखिएको हो । वीरगन्ज २ छपकैयामा स्वाब संकलन गर्दा अन्य वडाका व्यक्तिले समेत स्वाबको नमूना दिएका थिए ।ekantipur