छिपहरमाई गाउँपालिकाकाे क्वारेन्टाइनमा रहेको १४ जनामा काेराेना
वीरगंज संजाल
३० बैशाख २०७७, मंगलवार १७:११
१०३१२
पर्सा | राजन कुमार बानिया |पर्साकाे छिपहरमाई गाउँपालिकाकाे १४ जनामा काेराेना संक्रमण देखिएकाे छ ।
गाउँपालिकाकाे भिस्वा क्वारेन्टाइनमा रहेकाहरुकाे स्वाब संकलनकाे आज आएकाे पिसिआर रिपाेर्ट अनुसार १४ जनामा काेराेना संक्रमण देखिएकाे गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता ले जनाएका छन।
बागलुङ बाट ४२ जना आएको र भिस्वा क्वारेन्टाइनमा राखिएको मा सबै जना को स्वाब संकलन गरि लगिएको थियोे ।सो मध्य १४ जनामा कोरोना संक्रमित देखिएको बताए ।
छिपहरमाई गाउँपालिकाका ११ जना धोबिनी गाउँपालिकाको २ र भारत का १ जना गरि १४ रहेका छन भन्दा बढीमा काेराेना संक्रमण देखिएकाे नारायणी अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायले समेत पुष्टि गरे । उनले भने “आज आएकाे पिसिआर रिपाेर्ट अनुसार पर्साका ३९ जनामा काेराेना संक्रमण देखिएकाे हाे ।
ति मध्ये वीरगंज महानगरपालिकाकाे वडा नं. २, ३, ११, १६, १७, १८ र छिपहरमाईकाे संक्रमितहरु देखिएका हुन् । यसका अलावा केही पत्रकारहरुमा समेत संक्रमण देखिएकाे छ, अहिले हामी भेरिफाइ गर्दै छाैं केही समय पछि किलिय हुन्छ ।